site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले भने– देश इतिहासकै खतरनाक अवस्थामा
तस्बिर : पीए ।

लन्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बेलायत अहिले चौरस्तामा रहेको बताएका छन् । आउँदो केही वर्ष बेलायतलाई इतिहासमै सबैभन्दा चुनौतीपूर्ण हुने उनले उल्लेख गरे ।

उनले बेलायत इतिहासमै अहिले सबैभन्दा खतरनाक अवस्थामा रहेको समेत जनाए । सोमबार मध्य लन्डनमा मतदातालाई ‘प्रि इलेक्सन’ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

केही ‘बोल्ड’ विचारले नै थप सुरक्षित भविष्य बनाउन सक्ने जनाउँदै उनले आफू त्यसका निम्ति उपयुक्त भएको जिकिर गरे । स्थानीय निर्वाचनमा उनको कन्जरभेटिभ पार्टीले पराजय भोग्नुपरेपछि सुनकले यो सम्बोधनमार्फत मतदातालाई आश्वस्त पार्ने प्रयास गरेका हुन् ।

Dabur Nepal
NIC Asia

विपक्षी लेबर पार्टीले कन्जरभेटिभ अर्थात् टोरिजलाई बेलायतका समस्या समाधान गर्न नसक्ने बरु ‘उनीहरू नै समस्या’ भएको जनाउँदै आएको छ ।

सुनकले आउँदा दिन बेलायतका निम्ति युद्धको धम्की, आप्रवासी तथा प्रविधिजस्ता विषयबाट चुनौती रहेको औँल्याएका छन् । ती चुनौती सामनाका निम्ति देशको नेतृत्वबारे कठिन छनोट गर्न उनले मतदातालाई आग्रह गरे ।

उनले आउँदो पाँच वर्षमा बितेका ३० वर्षको भन्दा धेरै परिवर्तन हुने भएकाले त्यसबारेमा ध्यान जान जरुरी भएको समेत बताए ।

विदेश नीतिबारे उनले चीन, रुस, उत्तर कोरिया र इरान अधिनायकवादको मुख्य आधारका रूपमा रहने उल्लेख गरे । आउँदा दिनमा आप्रवासी र आर्टिफिसियल इन्टेलिजेन्स पनि विश्वव्यापी चुनौतीको विषय हुने उनले बताए ।

उनले युरोपियन कन्भेन्सन अन हुमन राइट्स (ईसीएचआर)बाट पनि आवश्यकता परे बेलायतले सदस्यता फिर्ता लिनुपर्ने जनाए । बेलायतमा शरण लिन चाहने व्यक्तिलाई रुवान्डामा पठाउने बेलायती नीतिमा  ईसीएचआरले अवरोध प्रयास गरिरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

राष्ट्रिय ‘पोलिङ’का क्रममा लेबर पार्टी कन्जरभेटिभभन्दा २० प्वाइन्टले अगाडि रहेको देखाइएको थियो । सुनकले देशलाई अघि बढाउन आफूले मात्र सक्ने जिकिर गरे । बेलायतमा यो वर्षको अन्त्यमा निर्वाचन हुने सम्भावना रहे पनि मिति तोकिएको छैन । सीएनबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro