site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाईमा बर्डफ्लु : दूध खानु ठिक कि बेठिक ?

काठमाडौं । अमेरिकामा अहिले पास्चराइज्ड दूधका उत्पादनमा बर्डफ्लु देखिएको पाइएको छ । पछिल्लो हप्ता अमेरिकामा गाइवस्तुमा एभियन इन्फ्ल्वेन्जा फैलिएकोमा कम हुने अवस्था देखिएको छैन । नौवटा राज्यका गाईलाई एच५एन१ भाइरस देखिएको जनाइएको छ । त्यो भाइरस सोझै गाईबाट मानिसमा सर्न नसक्ने भए पनि गएको अप्रिल महिनामा फार्ममा काम गर्ने एक कामदारलाई पोजिटिभ देखिएको थियो । अमेरिकामा  पास्चराइज्ड दूधको स्याम्पलमध्ये २० प्रतिशतमा बर्डफ््लु पाइएको थियो । पास्चराइजेसन भनेको दूध तताउने प्रक्रिया हो, जसले बर्डफ्लुका किटाणुलाई मार्ने विश्वास गरिन्छ । अमेरिकाको धेरैजसो दूध पास्चराइज्ड गरिएको हुन्छ ।  फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले काँचो दूध नखान कडाईका साथ सिफारिस गरेको छ ।

पास्चराइज्ड दूध सुरक्षित हुन्छ ? 
प्रारम्भिक अध्ययनअनुसार एफडीएले ३८ राज्यका २९७ वटा कमर्सियल डेरी प्रोडक्टको परीक्षण गरेको थियो । परीक्षणका क्रममा पाँचवटामध्ये एउटामा  हाइ प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (एचपीएआई) पाइएको थियो । एफडीएका अनुसार पहिलाभन्दा अहिले ठूलो मात्रामा गाईमा इन्फेक्सन पाइएको छ । तर, ती पाइएका चिजहरू इन्फेक्सन हुने गरी सक्रिय हुन् कि होइनन् भनेर तिनीहरूमार्फत पुनःउत्पादन हुन सक्छ कि सक्दैन भनेर अण्डामा परीक्षण गर्दा नतिजा नेगेटिभ आएको जनाइएको छ । 
एफडीएले विभिन्न हिसाबले दूधको उत्पादनका चरणहरूमा परीक्षण गरिरहेको र कमर्सियल पास्चराइज्ड दूधको सुरक्षाबारेमा विश्वस्त रहेको एफडीएका प्रवक्ताले बताएका छन् ।
 
वेस्टर्न इन्स्टिच्युट अफ फूड सेफ्टी एन्ड सेक्युरिटी क्यालिफोर्नियाका अनुसन्धाता माइकल प्यानेले पास्चराइजेसन र सुरक्षा बराबर भएको जनाएका छन् । यद्यपि, गाईवस्तुमा बर्डफ्लु नयाँ खालको रोग देखिएकाले अनुसन्धाताहरू यसबारेमा थप अध्ययन गर्न चाहिरहेका छन् । पायनेले गाईमा भएको भाइरस मानिसमा जाने सम्भावना भने निकै जटिल रहेको पाइएको जनाएका छन् । तर, टेक्सासमा एकजनामा सो भाइरस पाइएको थियो ।

काँचो दूधमा के हुन्छ ?
काँचो दूधबाट पनि भाइरस फैलिएको अहिलेसम्म कुनै रेकर्ड नपाइएको जनाइएको छ । २७ राज्यमा मात्र काँचो दूध बेच्न अनुमति छ । यद्यपि, काँचो दूधमा लिस्टेरिया र इ कोलीजस्ता पाथोजेन्स पाइने गरेको छ । गएको अप्रिल २९ मा न्यूयोर्कको स्टेट डिपार्टमेन्ट अफ एग्रिकल्चर र मार्केटसले अलर्ट जारी गर्दै स्कुलर काउन्टी न्यूयोर्कका एक स्थानीय डेरीको काँचो दूध खाँदा बिरामी परेको पाइएको थियो । काँचो दूधमा क्याम्पिलोब्याक्टर नामको ब्याक्टेरिया पाइने गरेको र त्यसले पखाला, पेट बाउँडिने र ज्वरोजस्ता समस्या देखिएको जनाइएको छ । तर बर्डफ्लु नै काँचो दूधबाट हुन्छ भनेर भन्न नसकिने म्यासाचुसेट्स युनिभर्सिटीका बायोलोजिस्ट जेरेमी लुबान बताउँछन् । 

यद्यपि, दूधमा बर्डफ्लु पाइनुले दूध अन्य जनावरका लागि भने खतरा देखिएको छ । द सेन्टर अफ डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले प्रकाशित गरेको एक रिपोर्टमा गाईको काँचो दूध खाँदा केही बिरालामा इन्फेक्सन भएको उल्लेख थियो । २४ मध्ये आधा बिराला बिरामी भएर मरेको जनाइएको छ । काँचो दूध मानिसको लागि पनि हानिकारक भएको १९९३ र २००६ को बीचमा गरिएको एक विश्लेषणले पनि पत्ता लागेको छ । त्यो अवधीमा काँचो दूध खाएर २०२ जना बिरामी भएकोमा दुईजनाको मृत्यु भएको थियो ।

एफडीएले अहिले आफूले बर्डफ्लुको सम्भावित महामारीका लागि काम गरिरहेको हालै अमेरिकी संसदीय समितिमा पनि जानकारी गराएको थियो । महामारी मानिसमा पनि फैलिएमा संक्रमित चारमध्ये एकजनाको मृत्यु हुनसक्ने उक्त  एजेन्सीका एक उच्च अधिकारीले खुलासा गरेका थिए । सिनेट कमिटीमा बोल्दै एफडीएका प्रमुख डा. रोबर्ट कलिफले मानवमा त्यो फ्लु फैलिन नदिन अधिकारीहरूले त्यसका लागि परीक्षण, एन्टी भाइरल ड्रग्स र भ्याक्सिनका लागि काम गरिरहेको जनाएका थिए ।

यद्यपि, अझै पनि सो फ्लु मानिसमा फैलिने जोखिम कम रहेको उनले बताएका थिए । गएको मार्चमा टेक्सासको गाई फार्ममा काम गर्ने एकजना कामदार उक्त  फ्लुको संक्रमणमा परेका थिए । “यो भाइरस अरु भाइरसजस्तै हो । तर परिवर्तनशील छ”, नीति निर्मातालाई उनले भनेका थिए, “यो मानवतर्फ पनि जम्प गर्नसक्ने भएकाले सम्भाव्यताका लागि हामीले निरन्तर तयारी गर्नु आवश्यक छ ।” 

खास  चिन्ताको विषय यो मानिसको फोक्सोमा जम्प गर्नसक्छ । यसको मृत्युदर २५ प्रतिशत रहेको उनले जनाएका छन् । बर्डफ्लु यसअघि नै गाइवस्तुमा पहिलोपटक फैलिइसकेको छ । पहिला चरामा मात्रै उक्त रोग थियो ।

जब भाइरस विभिन्न दुई प्रजातीबीच फैलिन्छ त्यसबेला यसमा थप परिवर्तन हुन सक्छ । र त्यसले मानिसलाई पनि सजिलै संक्रमित गर्न सक्छ । भाइरसका टुक्राहरू यसअघि नै ग्रोसरी स्टोरका ५ मध्ये १ दुग्धजन्य उत्पादनमा पाइएका थिए । जसमा कटेज चिज र सावर क्रिम पनि थिए ।

तर, अधिकारीहरूले ती अझै उपभोगका लागि योग्य नै भएको बताएका छन् । किनकी पास्चराइजेसन प्रक्रियाका कारण तिनिहरू निस्क्रिय अवस्थामा रहेका छन् । कृषि सम्बन्धी समितिमा बोल्दै डा. करिफले आफूहरूले परीक्षण, एन्टीभाइरस र भ्याक्सिनको लागि काम गर्नु जरुरी रहेको जनाएका थिए ।  (बीबीसीमा आधारित)

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro