site stats
बाह्रखरी :: Baahrakhari
विदेश
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन अदालतले मानेन, याचिका खारेज
अरविन्द केजरीवाल ।

नयाँ दिल्ली । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पदबाट हटाउन माग गर्दै दायर याचिका भारतको सर्वोच्च अदालतले सोमबार खारेज गरिदिएको छ । केजरीवाल मदिरा नीति मामिलामा गिरफ्तारीमा परेकाले उनलाई मुख्यमन्त्रीबाट हटाउनुपर्ने याचिकामा माग गरिएको थियो ।

न्यायाधीश सञ्जीव खन्ना र दीपंकर दत्ताले सर्वोच्चले दिल्ली हाइकोर्टको फैसलालाई दखल दिन नसक्ने जनाएका छन् । यो मामिलामा आफूमा कुनै अधिकार नभएको समेत अदालतले जनाएको छ ।

Argakhachi Cement Island Ad

अदालतका अनुसार, यदि दिल्लीमा उपराज्यपालले चाहे यो मामिलामा दखल दिन सक्छन् । तर, अदालतले यो मामिलामा हस्तक्षेप गर्दैन ।

प्रवर्तन निर्देशनालय (ईडी)ले केजरीवाललाई मदिरा नीति मामिलामा भ्रष्टाचारको आरोप लगाउँदै गिरफ्तार गरेको थियो । तर, केही दिनअघि निर्वाचनका निम्ति जमानत दिएर उनलाई जुन १ सम्मका लागि रिहा गरिएको छ । केजरीवालले पक्राउपछि पनि मुख्यमन्त्री पद छोड्न अस्वीकार गरेका थिए । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्