site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकमा पैसा थुप्रिएपछि जेठका लागि घट्यो ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले जेठका लागि ब्याजदर घटाएका छन् । आज (सोमबार) सार्वजनिक गरेको सूचनाअनुसार १० वाणिज्य बैंकले वैशाखको तुलनामा जेठका लागि ब्याजदर घटाएका छन् । 

औसतमा वैशाख महिनाको तुलनामा २० वाणिज्य बैंकले दिने निक्षेपको ब्याजदर ०.०९८ प्रतिशतले घटेको छ । वैशाखमा २० वाणिज्य बैंकको औसत ब्याजदर ७.०७१ प्रतिशत थियो । जेठमा औसत ब्याज ६.९७३ प्रतिशतले छ ।

यसरी ब्याज घटाउनेमा एभरेष्ट, नबिल, सिटिजन्स, कुमारी, सिद्धार्थ, सानिमा, एनएमबी, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई र प्राइम कमर्सियल बैंक हुन् । बाँकी तीन वाणिज्य बैंकले ब्याजदर बढाएका छन् भने ६ वाणिज्य बैंकले ब्याज स्थिर राखेका छन् ।

बैंकहरूमा पर्याप्त पैसा भएपछि बैंकहरूले निक्षेपको ब्याज घटाएका छन् । तर, प्रभु र ग्लोबल आईएमई बैंकले भने ०.५ प्रतिशत विन्दुले निक्षेपको ब्याजदर बढाएका छन् । एनआईसी एसिया बैंकले ०.०५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ ।

ब्याजदर स्थिर राख्नेमा नेपाल बैंक, कृषि विकास, लक्ष्मी सन्राइज, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, माछापुच्छ्रे र स्ट्याण्डर्ड चार्टर्ड बैंक छन् ।

अहिले बैंकहरूमा पैसा पर्याप्त भएकाले पनि ब्याजदर निरन्तर घट्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) साढे ८० प्रतिशतसम्म झरेको छ । तर, राष्ट्र बैंकले दिएको निर्देशनअनुसार सीडी रेसियो ९० प्रतिशतसम्म कायम गर्न सकिन्छ । यसैको आधारमा बैंकमा पर्याप्त तरलता छ ।

bank-interest-ret-1715584957.png
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro