site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लेभरकुजेन ५०औँ खेलसम्म अपराजित 

काठमाडौं । जर्मन बुन्डेसलिगा च्याम्पियन बायर लेभरकुजेनले लगातार ५०औँ खेलसम्म आफ्नो अपराजित यात्रा कायम राखेको छ । आइतबार राति भएको खेलमा लेभरकुजेनले बोचुमविरुद्ध ५–० को फराकिलो जित निकालेको हो ।

लेभरकुजेनलाई जित दिलाउन प्याट्रिक सेक, भिक्टर बोनिफेस, ज्यामिन आद्ली, जोसेफ स्टानिसिक र एलेक्स ग्रिमाल्डोले गोल गरे । खेलको ४१औँ मिनेटमा सिकले गोल गर्दै लेभरकुजेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा बोनिफेसले गोल गर्दै अग्रता दोब्बर पारे ।

Dabur Nepal
NIC Asia

७६औँ मिनेटमा आद्लीले गोल गरेपछि लेभरकुजेनको अग्रता ३–० मा पुगेको थियो । ८६औँ मिनेटमा स्टानिसिकले गोल गर्दा लेभरकुजेनको अग्रता ४–० मा पुग्यो । इन्ज्युरी समयमा ग्रिमाल्डोले गोल गरेपछि लेभरकुजेनले ५–० को जित निश्चित गरेको हो ।

बुन्डेसलिगाको उपाधि निश्चित गरिसकेको लेभरकुजेनले ३३ खेलबाट ८७ अंक जोडेको छ । समान खेलबाट ३३ अंकको बोचुम तालिकाको १४औँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro