देश
कपिलवस्तु । वाणगङ्गा नगरपालिका–७, मा कोइली खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई आइतबार बिहान ७ बजे दाउरा संकलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको हो ।
लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजङग रायमाझीले बताए । लौटनको शव बगाएको ठाउँबाट दुई किलोमिटरको तल फेला परेको रायमाझीले बताए । रासस
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१ १६:१०
प्रतिक्रिया दिनुहोस्