site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चालु खाता एक खर्ब ७९ अर्ब र शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्बले बचतमा
SkywellSkywell

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा सरकारको चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चैत मसान्तसम्मको आर्थिक तथा वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको यसै अवधिमा चालु खाता ६० अर्ब ४३ करोडले घाटामा रहेको थियो ।

Dabur Nepal
NIC Asia

आर्थिक वर्ष २०८०/०८१ को नौ महिनामा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा छ । 

अघिल्लो वर्षको यसअवधिमा पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले घटेर चार अर्ब ७८ करोड रहेको छ । यसअवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ४८ करोडले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालु खाता घाटाले अरू देशहरूबाट खुद सापटी लिइएको भन्ने बुझिन्छ । चालु खाता बचतमा रहे अरू देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ ।

शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ । घाटा भएमा विदेशी मुद्रा देशबाट बाहिर बढी गएको भन्ने बुझिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu