site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्छ : अध्यक्ष लोहनी
फाइल तस्बिर ।

काठमाडौं । नेपाल घर जग्गा तथा आवासीय विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायीहरूले व्यक्तिगत कारोबारभन्दा पनि कम्पनीमार्फत गर्न आवश्यक रहेको बताएका छन् । 

कास्की घरजग्गा तथा आवासीय विकास संघको वार्षिक साधरण सभामा बोल्दै यस्तो बताएका हुन् । उनले व्यक्तिगत रूपमा घरजग्गाको कारोबार गर्दा घरजग्गा व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको भन्दै संयुक्त कम्पनीमार्फत ठूला आयोजनाहरूमा काम गर्ने वातावरण व्यवसायीले बनाउन आवश्यक देखिएको उल्लेख गरे । 

उनले सरकारले व्यवस्थित र पारदर्शी घरजग्गा कारोबार बनाउनको लागि ल्यान्ड पुलिङको ढोका खोल्न आवश्यक रहेको बताए । "७५३ स्थानीय तहमा ल्यान्ड उपभोग नीति लागु भएकाले त्यहीअनुसार स्थानीय तहहरूले पनि सहर बनाउने गुरुयोजना बनाउनुपर्छ," उनले भने । 

स्थानीय तहहरूले बनाएको योजनामा निजी क्षेत्रले कम्पनीमार्फत काम गर्दा व्यवस्थित सहर बनाउन सकिने उनले बताए । अब साना व्यवसायीहरू मिलेर कम्पनी बनाउने र कम्पनीहरू पनि मर्ज भएर ठूलो पुँजी भएका कम्पनी बनाएर ठूला आयोजनाहरूमा काम गर्न आवश्यक भएको उल्लेख गरे । 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro