देश
काठमाडौं । सुनसरीमा ठूलो परिमाणको गाँजासहित एकजना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१५ का २८ वर्षीय आशीष कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
धरान–८ स्थित बुढासुब्बा वर्कसपबाट शुक्रबार (हिजो) बेलुका उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । उक्त वर्कसपमा काम गर्दै आएका उनलाई ३१३ किलो गाँजासहित पक्राउ गरिएको हो ।
वर्कसपको कम्पाउन्डभित्र शंकास्पद अवस्थामा रहेको बा१०च ६८३८ नम्बरको स्कार्पियो गाडीमा जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१ १६:५०
प्रतिक्रिया दिनुहोस्