site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जीबी राईसँग मिलेर रवि लामिछाने ठगीमा संलग्न रहेको देखिने थुप्रै प्रमाण छन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको देखिने थुप्रै प्रमाणहरू रहेको दाबी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारीहरूको बैठकपछि महामन्त्री गगन थापाले सहकारी ठगीमा गृहमन्त्री संलग्न रहेको प्रमाण सरकारी कार्यालयमै रहेको जिकिर गरे ।

"जीबी राईसँग मिलेर माननीय रवि लामिछानेले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी लगायतका सहकारीका हजारौँ बचतकर्ताको करोडौँ रुपैयाँ गोरखा मिडिया लगायत संस्थाहरू प्रयोग गरेर अपचलन गर्नुभएको, ठगी गर्नुभएको हाम्रो दाबी छ । यसमा हामीलाई कुनै पनि द्विविधा छैन," थापाले भने ।

Dabur Nepal
NIC Asia

उनले तथ्य र प्रमाण खोज्न कतै जान नपर्ने पनि बताए । रूपन्देहीको जिल्ला प्रहरीले गरेको अनुसन्धान, अभियोजन गर्दा दर्ता भएका प्रतिवेदन, सीआईबीले गरेको अनुसन्धान, पोखरा महानगरले तयार पारेको प्रतिवेदनले लामिछाने संलग्न रहेको देखाउने दाबी कांग्रेसको छ ।

यसैगरी, लामिछानेले गरेको हस्ताक्षर, ल्याप्चेलगायतको परीक्षण गर्नका लागि कम्पनी रजिस्टारको कार्यालयले सम्पत्ति शुद्धीकरण र प्रहरीलाई गरेको अनुरोध, लामिछानेको हस्ताक्षर भएका कागजात र पत्रहरूबाट उनी ठगीमा संलग्न रहेको प्रमाणित हुने कांग्रेसको भनाइ छ ।

"यी यति धेरै तथ्य र प्रमाणहरू छन्, तथ्य र प्रमाणहरू खोज्न कहीँ जानै पर्दैन । सरकारी अड्डाहरूमै गएर तथ्य र प्रमाण केलाए हुन्छ," थापाले भने ।

यिनै तथ्यहरूका आधारमा संसदीय समितिमा लामिछाने जीबी राईसँग मिलेर सहकारी ठगी संलग्न रहेको प्रमाणित थापा बताउँछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro