site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुरु हुन सकेन कार्यव्यवस्था परामर्श समितिको बैठक
फाइल तस्बिर ।

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक अझै सुरू हुन सकेको छैन । संघीय संसद् सचिवालयका एक पदाधिकारीका अनुसार मध्याह्न साढे १२ बजेका लागि बोलाइएको कार्यव्यवस्था परामर्श समिति बैठक सुरु हुन नसकेको हो ।

हाल सभामुख देवराज घिमिरे दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । सचेतकहरूसँगको छलफलमा सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानबिनका लागि संसदीय समिति बनाउने विषयमा सत्ता पक्ष तयार नभएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक नै बस्न नसकेको हो ।

राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदीय समिति बनाउन समेत सत्ता पक्ष तयार नहुँदा सदनको बजेट अधिवेशनको बैठक नै सञ्चालन हुने, नहुने स्पष्ट हुन नसकेको बताए । “बाहिर छरपस्ट प्रमाणहरू भेटिने सरकारी निकायले कतै पनि उजुरी नै छैन भनेर क्लिन चिट दिने कुराले संसदीय समितिको आवश्यकता अझ बढेको छ,” उनले भने, “तर, सत्ता पक्ष ढाकछोपका लागि समिति बनाउन अस्वीकार गरिरहेको छ ।”

उनले पोखरा महानगरपालिकाले प्रमाणसहित प्रतिवेदन बुझाइसकेपछि गृहमन्त्री लामिछानेले नैतिकता देखाउने समय आएको बताए । “उहाँमात्रै त सरकार हैन होला नि ! एउटा स्थानीय सरकारले बुझाएको प्रतिवेदन ढाकछोप गरेर पदमा बसिरहन सुहाउँछ र ?,” उनको प्रश्न छ ।

यता, सभामुख घिमिरेका सञ्चार सल्लाहकार शेखर अधिकारीले सभामुखले दुई चरणमा प्रमुख सचेतक र सचेकहरूसँग छलफल गरेको जानकारी दिए । तर, छलफलमा सहमति नजुटेपछि सचेतकहरू आआफ्नो नेतासँग छलफलका लागि गएका छन् । “कांग्रेसले बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरूले बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न दिन सहमति जनाएन,” उनले भने, “नेताहरू उठेन आआफ्ना शीर्ष नेताहरूसँग छलफल गर्न जानुभएको छ । यसपछि पुनः बैठक बस्छ । त्यसपछि कार्यव्यवस्था बैठक बस्छ ।”

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro