site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बर्ड फ्लु मानिसमा फैलने खतरा, संक्रमित चारमध्ये एकको मृत्यु हुने 

काठमाडौं । अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले बर्ड फ्लुको सम्भावित महामारीका निम्ति काम गरिरहेको जनाएको छ । बर्ड फ्लुको महामारी फैलिएमा संक्रमित चारमध्ये एकजनाको मृत्यु हुन सक्ने एफडीएका एक उच्च अधिकारीले खुलासा गरेका छन् ।

सिनेट कमिटीमा डा. रोबर्ट कलिफले मानवमा त्यो फ्लु फैलन नदिन अधिकारीहरूले परीक्षण, एन्टी भाइरल ड्रग्स र भ्याक्सिनका निम्ति काम गरिरहेको समेत बताए । यद्यपि, उक्त फ्लु मानिसमा फैलने जोखिम कम रहेको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

टेक्सासमा काम गर्ने एक फार्म वर्कर गएको मार्चमा बर्ड फ्लुको संक्रमणमा परेका थिए । “यो भाइरस अरू भाइरसजस्तै हो । तर, परिवर्तनशील छ,” नीति निर्मातालाई उनले भनेका छन्, “यो मानवतर्फ पनि ‘जम्प’ गर्न सक्ने भएकाले हामीले निरन्तर पूर्वतयारी गर्नु आवश्यक छ ।”

खास चिन्ताको विषय यो मानिसको फोक्सोमा ‘जम्प’ गर्न सक्छ । यसको मृत्युदर २५ प्रतिशत रहेको उनले जनाएका छन् ।

बर्ड फ्लु यसअघि नै गाईवस्तुमा पहिलोपटक फैलिइसकेको छ । पहिला चरामा मात्र उक्त रोग थियो ।

जब भाइरस विभिन्न दुई प्रजातिबीच फैलन्छ, त्यस बेला यसमा थप परिवर्तन हुनसक्छ । त्यसले मानिसलाई पनि सजिलै संक्रमित गर्न सक्छ । भाइरसका ‘टुक्रा’ यसअघि नै ग्रोसरी स्टोरका पाँचमध्ये एक दुग्धजन्य उत्पादनमा भेटिएको थियो । कटेज चिज र सावर क्रिममा पनि त्यो पाइएको थियो ।

तर, अधिकारीहरूले ती उत्पादन अझै उपभोगका निम्ति योग्य नै रहेको बताएका छन् । किनकि, पाश्चराइजेसन प्रक्रियाका कारण तिनीहरू (भाइरस) निष्क्रिय अवस्थामा छन् । कृषिसम्बन्धी समितिमा डा. करिफले आफूहरूले परीक्षण, एन्टी भाइरल र भ्याक्सिनका लागि काम गर्नु जरुरी रहेको जनाए । उनले ठूलो मात्रामा मानवमा उक्त भाइरस जम्प गर्न सक्ने अवस्थाले गर्दा आफूहरू पूर्वतयारीमा व्यस्त रहेको समेत उल्लेख गरे ।

उनले अमेरिकासँग यसअघि नै २० मिलियन बर्ड फ्लु भ्याक्सिन रहेको र आवश्यक परेमा १०० मिलियन चाँडै तयार पारिने बताए । अहिलेसम्म अमेरिकामा ३६ फार्ममा बर्ड फ्लु देखिएको जनाइएको छ । डेलीमेलबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro