site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
माइक्रोफाइनान्सबाट बैंकहरू बाहिरिएर एसएमई कर्जा विस्तारमा जानुपर्छ : खतिवडा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले बैंकहरूलाई माइक्रोफाइनान्सबाट बाहिरिएर एसएमई कर्जा विस्तारमा जान सुझाव दिएका छन् । बिहीबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयक राष्ट्रिय सम्मेलनमा उनले यस्तो सुझाव दिएका हुन् ।

बैंकहरूबाट २०० व्यवसायीलाई मात्र कर्जा थप गर्दै लगिएको उनले उल्लेख गरे । उनले बैंकहरूले २०० उद्योगी–व्यवसायीमाथि कर्जा थप्दै जाने र त्यसको पहुँच सबै व्यवसायीमा पुगेन भनेर कहिल्यै गन्तव्यमा नपुगिने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले माइक्रोफाइनान्स संस्थाले ल्याएका सदस्यलाई आफूतिर तान्न भीडभाड गरेर मात्र सबै व्यवसायीको पहुँचमा कर्जा पुग्न नसक्ने धारणा व्यक्त गरे । बैंकहरूलाई ‘कोल्याट्रलबेस फाइनान्सिङ’मा जान उनले आग्रह गरे ।

उनले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । बैंकलाई राष्ट्र बैंकले ५ प्रतिशत पुर्‍याउनैपर्ने ‘स्ट्रेस’ पनि नदिन नहुने उनको भनाइ छ ।

Global Ime bank

उनले बैंकहरूलाई आफैँ ‘प्रोजेक्ट’ खोजेर लगानी गर्न समेत आग्रह गरे । “बैंकहरू पनि संकटको समय इनोभेटिभ भइदिनुस् । सरकारले गरिदेला अनि बसौँला भनेर होइन । कसैले पकाइदेला अनि खाऊँला नभन्नुस्,” उनले भने, “चामल, दाल, तरकारी, कुकर, स्टभ सबै ठिक छ । अलिकति बाल्न पनि सिक्नुपर्‍यो । त्यति काम त तपाईंहरूले गर्नुपर्छ । प्रोजेक्टबेस फाइनान्सिङमा अलिकति काम चाहिन्छ ।”

उनले कुनै प्रोजेक्ट डेभलप गर्नेमा नाफाको १ प्रतिशत भए पनि खर्च बैंकहरूले गर्न आवश्यक रहेको बताए । प्रोजेक्टबेस फाइनान्सिङमा बैंकहरूको थप काम चाहिने उनले औँल्याए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement