site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा नयाँ परिस्थितिबारे प्रदेश प्रमुखसँग छलफल गर्दै एमाले–माओवादी

विराटनगर । कोसीमा नयाँ राजनीतिक परिवेशको विषयमा आन्तरिक छलफल गरी विपक्षी दलका नेता प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बो विराटनगरको बिग होटेलमा आन्तरिक छलफल सकेर प्रदेश प्रम्ुखको कार्यालय पुगेका हुन्  । संकल्प प्रस्ताव पारित गरेर मुख्यमन्त्री केदार कार्कीले राजीनामा गर्नुपर्ने वा विश्वास मत लिनुपर्ने पक्षमा रहेका यी दुई दल नयाँ प्रक्रियाबाट कोसीमा सरकार गठन हुनुपर्ने पक्षमा छन् । 

संकल्प प्रस्ताव पारित भएको ३० दिन पुग्दा समेत मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएकोले अब नयाँ प्रक्रिया थालनी हुनुपर्ने एमाले–माओवादीको जिकिर छ । “सम्भवतः नयाँ सरकार गठनका लागि आजै प्रदेश प्रमुखबाट आह्वान हुनसक्छ,” एमालेका एक सांसदले भने, “नेताहरू अहिले भने छलफलका लागि समय लिन प्रदेश प्रमुखकहाँ पुग्नु भएको हो ।” विपक्षी दलहरूले दिउँसो २ बजे प्रदेश प्रमुखसँग थप छलफल गर्ने बताइएको छ । 

मुख्यमन्त्री कार्कीले आफू नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त भई विश्वसको मतसमेत प्राप्त गरेकाले दुई वर्षसम्म विश्वासको मत लिनुनपर्ने बताउँदै आएका छन् । 

गत चैत २६ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिएका थिए । संविधानको धारा १८८ को उपधारा २ अनुसार समर्थन फिर्ता भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यता रहेको दुई दलको दाबी छ ।

प्रदेशसभाको अधिवेशनबाट वैशाख ७ गते संकल्प प्रस्ताव पारित भएको थियो । यसमा ५२ सांसदले पक्षमा मतदान गरेको विषय प्रदेशसभाले अभिलेखीकरण गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रदेश प्रमुखको कार्याललाई पत्रमार्फत जानकारी गराएको थियो । 

केही दिनअघि मात्र प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष भेट गरी मुख्यमन्त्री कार्कीले संविधानअनुसार नै कदम चाल्न स्मरण गराएका थिए । कार्की गत असोजमा एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro