site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दोस्रो लेगअघि पीएसजीको जितमा केन्द्रित एनरिके

काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी)का मुख्य प्रशिक्षक लुइस एनरिकेले आफ्नो क्लब च्याम्पियन्स लिगको दोस्रो लेगमा जितप्रति केन्द्रित रहेको बताएका छन् ।

गत हप्ता बोरुसिया डर्टमन्डसँग १–० ले पराजित भएको पीएसजीले मंगलबार राति घरेलु मैदानमा जर्मन क्लबलाई दोस्रो लेगका निम्ति आतिथ्यता प्रदान गर्दै छ ।

Dabur Nepal
NIC Asia

दोस्रो लेगमा पार्क डे प्रिन्सेसमा दुई गोल गरे पीएसजी सहजै फाइनलमा प्रवेश गर्नेछ । तर, एनरिकेले भने आफू टिमले कति गोल गर्छ भन्नेमा नभई जितमा केन्द्रित रहेको बताएका हुन् । पीएसजीले घरेलु मैदानमा डर्टमन्डविरुद्ध १–० को जित निकाले नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट हुनेछ ।

“हाम्रो लक्ष्य दुई गोल गरेर जित्नु नभई जसरी हुन्छ जित निकाल्नु हो,” दोस्रो लेगअघि एनरिकेले भने, “यदी टिमले दुई गोल गर्नुपर्छ भन्नेतर्फ ध्यान दियो भने यो कठिन लक्ष्यजस्तो देखिन्छ । त्यसैले हामी खेल्न र गोल गर्न चाहन्छौँ । यदी हामीले ८९औँ मिनेटमा गोल गरे पनि यसले खेललाई अघि बढाउनेछ । हामीले त्यसलगत्तै गोल गर्नै पर्छ भन्ने छैन, हामी जसरी भए पनि खेल जित्न चाहन्छौँ ।”

यी दुई टिमबीचको दोस्रो लेग पार्क डे प्रिन्सेसमा मंगलबार राति १२ः४५ बजेदेखि सुरू हुनेछ । यसअघि पीएसजीले क्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोनाविरुद्ध ३–२ ले पछि परेको अवस्था दोस्रो लेगमा उल्ट्याउँदै ६–४ को जित निकालेको थियो । 

पीएसजीले हालसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । सन् २०२० मा च्याम्पियन्स लिगको फाइनलसम्म पुगे पनि पीएसजी उपाधि भिड्न्तमा बायर्न म्युनिखसँग १–० ले पराजित भएको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro