site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वैदेशिक सहायता प्रतिबद्धतामा २६.२ प्रतिशतले कमी, आठ महिनामा एक खर्ब एक अर्ब प्राप्त 

काठमाडौं । नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धतामा २६.२ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा वैदेशिक सहायता प्रतिबद्धतामा कमी आएको हो । 

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिना (साउनदेखि फागुनसम्म)को अवधिमा नेपालले एक खर्ब एक अर्ब २० करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । गत आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा नेपालले एक खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो ।

Argakhachi Cement Island Ad

कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये अनुदान सहायता ४० प्रतिशत र ऋण सहायता ६० प्रतिशत रहेको छ ।  यस अवधिमा भएको वैदेशिक सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी एसियाली विकास बैंकबाट ४७ प्रतशत रहेको छ ।

साथै, चालु आर्थिक वर्षको पहिलो आठ महिनामा प्राप्त भएको वैदेशिक सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी बजेटरी सहायता क्षेत्रमा २१.५ प्रतिशत रहेको छ भने सबैभन्दा न्यून सामाजिक क्षेत्रमा रहेको छ ।

अर्थ मन्त्रालयका अनुसार प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा २१.५ प्रतिशत बजेटरी सहायता, २०.८ प्रतिशत सहरी विकास, १४.४ प्रतिशत ग्रामीण विकास, १६ प्रतिशत स्वास्थ्य, आठ प्रतिशत शिक्षा, ३.४ प्रतिशत वातावरण, २.६ प्रतिशत कृषि, ०.५ प्रतशत सामाजिक र ११.६ प्रतिशत अन्य क्षेत्रमा रहेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्