बाह्रखरी फोटो
काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेकपा (एमाले)का सुहाङ नेम्वाङले विजयी र्याली निकाल्दै मतदातालाई धन्यवाद दिएका छन् ।
मंगलबार इलामको इलाम नगरपालिकामा विजयी र्याली निकालेर उनले मतदातालाई धन्यवाद दिएका हुन् । निर्वाचित भएको प्रमाणपत्र बुझेपछि उनले विजयी र्याली निकालेका हुन् ।
गत शनिबार भएको निर्वाचनको मंगलबार बिहान आएको अन्तिम मतपरिणामअनुसार सुहाङले २७ हजार ७७२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१ १६:०८
प्रतिक्रिया दिनुहोस्