राजनीति
काठमाडौं । इलाम–२ मा नवनिर्वाचित सांसद सुहाङ नेम्वाङलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।
मतगणनास्थल गौतमबुद्ध सभागृह सिटी हलमा आयेजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले नेम्वाङलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा सुहाङले एक–एक मतको उच्च सम्मान गरेर काम गर्ने प्रतिबद्धता जनाए । उनले बुबा सुवास नेम्वाङले देखाएको बाटोमा काम गर्ने बताए । इलामका मतदाताको शिर झुक्न नदिने प्रतिबद्धता पनि जनाए ।
“बुबाले देखाएको उज्यालो बाटोमा काम गर्छु । तपाईंहरुको शिर झुक्न दिने छैन,” नेम्वाङले भने ।
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१ १४:०४
प्रतिक्रिया दिनुहोस्