site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्कीले भने– संकल्प प्रस्तावले सरकार परिवर्तन हुँदैन  

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले  प्रदेश प्रमुख पर्शुराम खापुङलाई संकल्प प्रस्ताव पारित गराएर सरकार फेरबदलको प्रयास हुन नसक्ने जानकारी गराएका छन् । 

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गठन भएको कार्की नेतृत्वको सरकार अल्पमतमा परेको भन्ने दाबीसहित नयाँ गठबन्धन दलले प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित गराएका थिए । त्यो प्रक्रियाबाट सरकार गठन गर्न प्रदेश प्रमुख खापुङलाई सन्देशका नाममा निर्देशन दिन नसक्ने मुख्यमन्त्री कार्कीले मंगलबार लिखित जानकारी गराएका हुन् । 

संविधानको धारा १७३ ’घ’ मा भएको व्यवस्था अनुरुप मुख्यमन्त्रीले समसामयिक विषयमा प्रदेश प्रमुखलाई जानकारी गराउने व्यवस्था छ । कार्कीले भने, “सोही व्यवस्थाअनुसार, मैले बेलाबेलामा प्रदेश प्रमुखज्यूसँग छलफल गर्ने गरेको छु ।”

koshi-1-1714461896.jpg
 

koshi-2-1714461882.jpg
 

koshi-3-1714461867.jpg
 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro