site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इलाम–२ : सुहाङलाई बिहान ११ बजे निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिने
फाइल तस्बिर ।

इलाम । पाँच हजार ८३० मतान्तरसहित इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएका छन् । मंगलबार बिहान आएको मतपरिणामअनुसार नेम्वाङले कांग्रेस उमेदवार डम्बर खड्कालाई पराजित गर्दै जित हासिल गरेका हुन् ।

विजयी उमेदवार सुहाङले २७ हजार ७७२ मत प्राप्त गरे । निकटतम बनेका कांग्रेसका खड्काले २१ हजार ९४२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यस्तै तेस्रो स्थानमा पहिचान पक्षधर रह्यो । उमेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरे । चौथो बनेका रास्वपा उमेदवार मिलन लिम्बुले पाँच हजार ५० मत प्राप्त गरे ।

यहाँ ६९ हजार ३७४ मत खसेको थियो । जसमध्ये ९०२ मत बदर भयो । बाँकी रहेको ६८ हजार ४७२ मत गणना भएको आयोगले जानकारी दिएको छ ।

यता, आज बिहान ११ बजे मतगणनास्थल गौतमबुद्ध सम्मेलन केन्द्र सिटी हलमा नवनिर्वाचित सांसद नेम्वाङलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro