site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इलाम–२ : चार हजार ४११ मत गन्न बाँकी, नेम्वाङ र खड्काको मतान्तर ६ हजार २४
Sarbottam CementSarbottam Cement

इलाम । प्रतिनिधिसभा सदस्यका लागि भएको इलाम–२ उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । यहाँ इलाम नगरपालिका वडा नम्बर ९ र १२ को मात्र गणना गर्न बाँकी छ । यी दुई वडाको गणना जारी छ ।

प्राप्त पछिल्लो तथ्यांक अनुसार नेकपा एमाले उमेदवार सुहाङ नेम्वाङले २६ हजार ४० मत पाएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका डम्बर खड्काले २० हजार १६ मत पाएका छन् । यी दुईबीच ६ हजार २४ को मतान्तर छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तेस्रो स्थानमा रहेको स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार २२३ मत पाएका छन् । चौथौमा रहेका रास्वपा उमेदववार मिलन लिम्बुले चार हजार ६५२ मत पाएका छन् ।

हालसम्म ६४ हजार ८७६ मत गणना भएको छ । यहाँ चार हजार ४११ मत गन्न बाँकी छ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय