site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विकास साझेदारले भने– नेपालमा लगानीको वातावरण बन्दै गएको छ

काठमाडौं । विकास साझेदार संस्थाहरूले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन् ।

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सहित विकास साझेदार संस्थाका प्रतिनिधिले सोमबार कार्यक्रमस्थल होटल सोल्टीमा अर्थमन्त्री वर्षमान पुनसँग साइडलाइन वार्ता गरेका थिए ।

त्यसक्रममा उनीहरूले सरकारले हालैमात्र कानुनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले लगानी वातावरण बताएको बताए । उनीहरूले सत्तारुढ र प्रतिपक्षी दलबीच विकासबारेको समान धारणाको खुलेरै प्रशंसा पनि गरे ।

सम्मेलन उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विकासका एजेन्डामा नेपालका सबै दल सँगै रहेको प्रतिबद्धता जनाएकातर्फ उनीहरूको संकेत थियो । उनीहरूले कानुनी र प्रक्रियागत सुधारबारे आगामी दिनमा पनि ख्याल गर्न सुझाए ।

नेपालका दलहरूमा देखिएको विकास र लगानीप्रतिको ऐक्यबद्धताले लगानीकर्तामा उत्साह थपिएको उनीहरूको भनाइ थियो । बैठकमा मन्त्री पुनका साथै मुख्य सचिव बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व सचिव डा. रामप्रसाद आचार्य, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र मन्त्रालयका सह–सचिवद्वय श्रीकृष्ण नेपाल र धनीराम शर्मालगायत सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro