site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इलाममा नेकपा एस– कमान्डर झलनाथ, ३४ हजार गणना हुँदा तीन सय नजिक !

इलाम । वाम गठबन्धन गरेर चुनाव लड्ने चर्चाकै बीच इलाम– २ मा नेकपा एसले उमेदवार उठायो ।  नेकपा एसबाट प्रतिनिधिसभा सदस्य उमेदवार जितबहादुर राइ मैदानमा उत्रिए ।

नेकपा एसले पनि इलामकै पुराना नेतासमेत रहेका सम्मानीत नेता झलनाथ खनाललाई चुनावी कमाण्डर बनाएर पठायो । मनोनयनका बेला खनालले जितबहादुरलाई जिताइछाड्ने दाबी गरेका थिए ।  “नामै जितबहादुर काफी छ । परिणाम आएपछि सबै चकित खान्छन्,” झलनाथले दाबी गरेका थिए । 

हुन पनि नतिजा यस्तै आउने देखिन्छ । नेकपा एसले ३४ हजार मत गणना हुँदा तीन सय मत पनि कटाउन सकेको छैन । नेकपा एस स्रोतका अनुसार खनालको जोडबलमा पार्टीले उमेदवारी दिएको हो । उमेदवार आफै स्वयम् यहाँका मतदाता पनि होइनन् । 

११०१२ मत गणना हुँदा चुलाचुली गाउँपालिकामा नेकपा एसले २२३ मत पायो । वडा नम्बर १ मा ६७, वडा नम्बर २ मा ५६, वडा नम्बर ३ मा ९४ मत प्राप्त गरेको थियो । यस्तै वडा नम्बर ४ मा ४ तथा वडा नम्बर ५ र ६ मा समान एक–एक प्राप्त गरेको थियो ।

९५२४ मत गणना भएको फाकफोकथुम गाउँपालिकामा जम्मा १७ मत पाएको छ । वडा नम्बर २ बाट ६, वडा नम्बर ४ बाट ६ र वडा नम्बर ६ बाट ५ मत पाए । वडा नम्बर १,३,५,७ मा शुन्य मत एसले पाएको छ । 

७०७८ मत गणना भएको माङ्सेवुङबाट उमेदवार राईलाई २० मत आएको छ । यहाँ वडा नम्बर ३ मा १५, वडा नम्बर ३ मा ३, वडा नम्बर ५ बाट १ र वडा नम्बर १ मत पाएका छन् । माइ नगरपालिकाको ६ वडाबाट १, वडा नम्बर ७ वाट २५ तथा वडा नम्बर ८ बाट १ मत पाउँदा कुल मत २७ मत आएको छ । देउमाइ नगरपालिकाबाट उनलाई १ मत मात्र आएको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro