site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पराशर मार्गमा कालोपत्रे गर्न थालियो
प्रतीकात्मक तस्बिर ।

तनहुँ । व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्रे गर्न सुरु भएको छ । आयोजना निर्माणका लागि बिकेएचटिडिसिएल–एसिपिएल जेभी काठमाडौंले टेन्डर प्रक्रिया पूरा गरी निर्माण थालिएको हो ।  

पराशर मार्गअन्तर्गत पर्ने (बुल्दीखोला, घाँसीकुवा बेल्टारी, अधेँरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्ती) १० किलोमिटर कालोपत्रे गरिनेछ ।  

Dabur Nepal
NIC Asia

विश्व बैंकको अनुदान सहयोगमा व्यास–७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण हुन लागेको नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए । 

मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु ४० करोड ८० लाखमा उक्त निर्माण कम्पनीले ठेक्का पाएको छ । विसं २०८२ असारसम्ममा आयोजना सम्पन्न गर्ने योजना रहेको नगरपालिका कार्यालयले जनाएको छ । उक्त योजनाबाट बाँकी रहेको करिब रु २२ करोड रकम अर्को प्राथमिकताको योजनामा लगानी गर्न सहरी विकास मन्त्रालयमा अनुरोध गर्ने कार्यपालिका बैठकले निर्णय गरेको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।  

पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्ग गरी तीनवटा मार्गका लागि प्रस्ताव पेस गरेकामा उक्त आयोजना छनोटमा परेको हो । उनका अनुसार बैंकले नगरपालिकाभित्र विभिन्न अध्ययन तथा अवलोकनपछि उक्त आयोजना छनोट गरेको हो ।

छनोट पश्चात् सहरी विकास मन्त्रालयले बजेटका लागि विश्व बैंकसँग सम्झौता गरेपछि नगरपालिकाले बोलपत्र आह्वान गरी टेन्डर प्रक्रियाअघि बढाएको थियो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro