site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विपीनको रिहाइ प्रसंगमा कतारले के भन्ला ?

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको आजदेखि हुन गइरहेको दुईदिने नेपाल भ्रमणका क्रममा इजरायलबाट अपहरणमा परेका २३ वर्षीय नेपाली विद्यार्थी विपीन जोशीको उद्धारको विषय उठाउन यहाँ चौतर्फी दबाब बढिरहेको छ । उनको परिवारका सदस्यले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर समेत सो अनुरोध गरेका थिए ।

गएको आइतबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विपीनको प्रसंगमा आफूले कतारका अमिरसँग कुरा गर्ने बताएका थिए । प्यालेस्टाइनी लडाकु समूह हमासका नेताहरू कतारमा रहँदै आएका छन् । उनीहरूले कतारको भनाइको सुनुवाइ गर्दै आएका छन् ।

गएको अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेदेखि नै विपीन बेपत्ता छन् । उनी घटना हुनुभन्दा तीन साताअघि मात्र त्यहाँ पुगेका थिए । त्यति बेला करिब २४० मानिसलाई हमासले बन्धक बनाएको इजरायलले जनाएको थियो । तीमध्ये विपीन पनि थिए । उनलाई किबुज आलुमिमबाट अपहरण गरिएको जनाइएको थियो । हमासको आक्रमणमा करिब एक हजार २०० मानिस मारिएका थिए ।

नेपाल भ्रमणका क्रममा कतारका अमिरसँग राष्ट्रपति रामचन्द्र पौडेलले आजै वार्ता गर्दै छन् । सो अवसरमा पनि विपीनको प्रसंग उठाइने सम्भावना छ । राष्ट्रपति पौडेलका विदेश मामिला सल्लाहकार डा. सुरेश चालिसेले राष्ट्रपतिले गर्ने कुराकानीको टिपोट हेरेपछि मात्र त्यसबारेमा जानकारी गराउन सक्ने बाह्रखरीसँग बताए । तर, स्रोतहरूले सो विषय उठाइने सम्भावना रहेको जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग भने कतारका अमिरले भोलि भेटवार्ता गर्ने तय छ ।

कतारबाट सर्दै हमास
अहिले हमाससँग कतार र टर्कीको राम्रो सम्बन्ध रहेको मानिन्छ । तर, बन्धक रिहाइको मध्यस्थताका निम्ति कतारले जोडबल गरिरहेका कारण उसको राजनीतिक हेडक्वार्टर नै त्यहाँबाट अन्यत्र सार्न खोजिएको  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाइरहेका छन् । द वाल स्ट्रिट जर्नललाई उद्धृत गर्दै न्युयोर्क पोस्टले जनाएअनुसार, हमासका नेताले मध्यपूर्वको मुलुक ओमानका अधिकारीसँग यसबारेमा कुराकानी गरिरहेका छन् ।

हमास कतारको सम्पर्कभन्दा बाहिर पुगेपछि विपीनको रिहाइ प्रक्रियामा झन् अप्ठेरो पर्न सक्नेछ । त्यसैले चाँडोभन्दा चाँडो कतारसँग यो विषयमा गम्भीर छलफल आवश्यक छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro