site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
...जब सजायका निम्ति सिफारिस भएकाहरू बढुवा–पुरस्कृत हुन्छन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले जब २०६२/२०६३ को जनआन्दोलन दमन÷ज्यादती छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग बनाउने घोषणा भयो, सँगै सर्वाेच्च अदालतका पूर्वन्यायाधीश कृष्णजंग रायमाझीलाई अध्यक्ष प्रस्ताव गरियो । तर, उनले सजिलै उक्त प्रस्ताव स्वीकार गरेनन् ।

कारण थियो, पहिलो आन्दोलन २०४६ मा त्यसरी बनेको मल्लिक आयोग प्रतिवेदन कार्यान्वयन नहुनु । 

मल्लिक आयोगको दुर्भाग्यपूर्ण नियति देखेकै कारण सुरुमा अध्यक्ष बन्न अनकनाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

तर जनआन्दोलनका कमान्डर गिरिजाप्रसाद कोइरालाले ‘अब गल्ती दोहोर्‍याउने छैनौं, सुध्रिइसक्यौं’ भन्ने अभिव्यक्ति दिएपछि आयोगको प्रतिवेदनमा कार्यान्वयन हुने विश्वास लिए । 

त्यसपछि उनकै अध्यक्षतामा दमन/ज्यादती र राष्ट्रधन दुरुपयोग जाँच गर्न आयोग बन्यो । 

Global Ime bank

जुन आयोग त्यो कालखण्डमा बहुचर्चित थियो । 

आयोगलाई २०६१ माघ १९ प्रकरणपछिका शान्तिपूर्ण जनआन्दोलनका क्रममा दमनकारी घटनामा भएका धनजनको क्षति, राष्ट्रिय ढुकुटीको दुरुपयोग, सत्ता र शक्तिको दुरुपयोग, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघन घटनाको सत्य÷तथ्य पत्ता लगाउने जिम्मेवारी दिइएको थियो ।

जाँचबुझमा दोषी देखिएका सामूहिक र पदीय जिम्मेवारीअनुरुप कानुनी कारबाही निम्ति आयोगले राय, ठहर र सुझावसहित विस्तृत प्रतिवेदन प्रस्तुत गरेको थियो । तर, तिनीहरूमध्ये कोही कसैमाथि सामान्य कारबाहीसमेत भएन । बरु पछि तिनीहरूमध्ये कोही बढुवामा परे, कोही विभूषित सूचीमा चढे । 

कोही फेरि मन्त्री–उपप्रधानमन्त्री भए । कोही संवैधानिक अंगका पदाधिकारीमा नियुक्त भए । कोहीको यसबीचमा निधन भइसकेको छ ।ऐतिहासिक दस्तावेज मानिएको जाँचबुझ आयोगको प्रतिवेदनमा कारबाहीका निम्ति सिफारिश भएका पात्रहरूको विवरण ।

सामूहिक जिम्मेवारी रहेका मिति २०६१–१०–१९ पछिको शान्तिपूर्ण जनआन्दोलनमा धनजनको क्षति, सत्ता, शक्ति र पदको दुरुपयोग तथा मानव अधिकारको उल्लंघनमा दोषी देखिएका तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष र देहायका सदस्यहरू :

–    डा. तुलसी गिरी, 

–    कीर्तिनिधि विष्ट, 

–    कमल थापा, 

–    बद्रीप्रसाद मण्डल, 

–    निरञ्जन थापा, 

–    सलिम मिया अन्सारी,

–    दानबहादुर शाही, 

–    रमेशनाथ पाण्डे, 

–    राधाकृष्ण मैनाली, 

–    टंक ढकाल, 

–    खड्गवहादुर जि.सी., 

–    प्रकाश कोइराला, 

–    केशरबहादुर विष्ट, 

–     बुद्धिराज वज्राचार्य, 

–    बुद्धिमान तामाङ, 

–    नारायण सिंह पुन, 

–    मधुकर शम्सेर ज.व.रा., 

–    कृष्णलाल थकाली, 

–    श्रीमती दुर्गा श्रेष्ठ, 

–    रामनारायण सिंह, 

–    श्रीष शम्सेर राणा, 

–    रुपज्योती, 

–    मणि लामा,  

–    डा. श्रीमती दुर्गा पोखरेल, 

–    रविन्द्र खनाल, 

–    बृजेशकुमार गुप्ता, 

–    याङकिला शेर्पा, 

–    रोशन कार्की, 

–    राजेशकाजी श्रेष्ठ, 

–    भुवन पाठक, 

–    सोनेलाल यादव, 

–    सिनेट श्रेष्ठ, 

–    जगत गौचन, 

–    निक्ष शम्सेर राणा

    तत्कालीन क्षेत्रीय प्रशासकहरू :

–जगदिश खड्का, 

–    रविन्द्र चक्रवर्ती, 

–    क्षेत्रविक्रम शाह, 

–    मृगेन्द्रकुमार सिंह यादव, 

–    गणेश शेरचन, 

    तत्कालीन अञ्चल प्रशासकहरू :

–     श्यामकिशोर सिंह, 

–    रणबहादुर चन्द, 

–    रामकुमार सुब्बा, 

–    जनक जंगली, 

–    प्रजापती कोइराला, 

–    डा.शेखर गुरुङ, 

–    कुमारबहादुर कार्की, 

–    रामजी बिष्ट, 

–    रामकृष्ण पन्त, 

–    ललितबहादुर थापा मगर, 

–    मिन वहादुर पाल, 

–    कर्णबहादुर धिमाल, 

–    महेन्द्रमान व्यथित,

    विघटित राजपरिषद् स्थायी समितिका :

–    सभापति परशुनारायण चौधरी,

–    सदस्य सच्चित शम्सेर ज.व.रा.,

    अन्य पदाधिकारीहरू

–    तत्कालीन प्रधान सेनापति प्यारजंग थापा,  

–    विश्व हिन्दू महासंघका अध्यक्ष : भरतकेशर सिंह

–    जि.वि.स. काठमाडौंका सभापति विक्रमबहादुर थापा

–    काठमाडौं महानगरपालिकाका प्रमुख राजाराम श्रेष्ठ

–    कीर्तिपुर नगरपालिकाका प्रमुख ध्रुव महर्जन 

–    कीर्तिपुर नगरपालिकाका उपप्रमुख बच्चुराम श्रेष्ठ

–    कलैया नगरपालिकाका प्रमुख सुशील चौगाई 

–    ललितपुर उपमहानगरपालिकाका प्रमुख प्रेमलाल महर्जन 

–    उपत्यका पूर्व पृतनापति दिपकविक्रम राणा

–    राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख देवीराम शर्मा 

–    पूर्व प्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारी

 

उल्लिखित पदाधिकारीहरूका सम्बन्धमा राष्ट्रिय ढुकुटीको दुरुपयोगसम्बन्धी परिच्छेदमा गरिएको विश्लेषणमा उल्लेख भएको राय ठहरका सम्बन्धमा सोहीबमोजिम र अन्य परिच्छेदमा गरिएको विश्लेषणबाट दोषी देखिएका विषयमा उपयुक्त कानुनी व्यवस्था गरी कारबाही र सजाय हुनुपर्छ । 
 
–    तत्कालीन मुख्यसचिव लोकमानसिंह कार्की जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ बमोजिम सजाय हुनुपर्ने ।

–    गृहसचिव बालकृष्ण प्रसाई जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९(क)(१) बमोजिम सजाय हुनुपर्ने ।

–    सञ्चार सचिव कुमारप्रसाद पौडेल जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९(क)(३) बमोजिम सजाय हुनुपर्ने ।

–    महानिर्देशक नारायण गोपाल मलेगो जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९(क)(२) बमोजिम सजाय हुनुपर्ने ।

–    रक्षा सचिव विष्णुदत उप्रेती जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९(क)(१) बमोजिम सजाय हुनुपर्ने ।

–    तत्कालीन प्रहरी महानिरीक्षक श्यामभक्त थापा जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(छ) बमोजिम सजाय हुनुपर्ने ।

–    तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक सहवीर थापा जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८७ बमोजिम सजाय हुनुपर्ने । 

–तत्कालीन बलाधिकृत रथी रुक्माङ्गद कटवाल जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिन आएकाले निजलाई तत्काल प्रचलनमा रहेको सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय हुनुपर्ने । 

–    उपरथी कुलबहादुर खड्का जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिन आएकाले निजलाई तत्काल प्रचलनमा रहेको सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय हुनुपर्ने । 

–    उपरथी किरणशम्सेर थापा जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिन आएकाले निजलाई तत्काल प्रचलनमा रहेको सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय हुनुपर्ने । 

–    गभर्नर विजयनाथ भट्टराई जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिन आएकाले निजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुचित कार्य सम्बन्धमा थप अनुसन्धान गरी कारवाही हुनुपर्ने । 

–    कार्यकारी निर्देशक टेकबहादुर डांगी जनधनको क्षति र पदको दुरुपयोगमा दोषी देखिन आएकाले निजलाई नेपाल पर्यटन वोर्ड ऐन, २०५३ को दफा १४(४) बमोजिम पदबाट हटाउनु पर्ने । 

–    प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रबहादुर सिंह जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ बमोजिम सजाय हुनुपर्ने ।

–    प्रहरी अतिरिक्त महानिरीक्षक रुपसागर मोक्तान जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ बमोजिम सजाय हुनुपर्ने ।

–    प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण वस्नेत जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ बमोजिम सजाय गर्ने ।

–    सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापा जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८४(क)(३) बमोजिम सजाय हुनुपर्ने । 

–    तत्कालीन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वासुदेव ओली जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८४ बमोजिम सजाय हुनुपर्ने । 

–सशस्त्र प्रहरी नायव महानिरीक्षक दिलीपकुमार श्रेष्ठ जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८४(क)(३) बमोजिम  एक वर्ष तलव वृद्धि रोक्काको सजाय हुनुपर्ने ।

–    प्रहरी वरिष्ठउपरीक्षक अर्जुनजङ्ग शाही जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ (घ) बमोजिम सजाय हुनुपर्ने ।

–    प्रहरी वरिष्ठउपरीक्षक नरेन्द्रकुमार खालिङ्ग जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय हुनुपर्ने ।

–    प्रहरी वरिष्ठउपरीक्षक बीरशरण थापा जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४   (घ) बमोजिम सजाय हुनुपर्ने ।

–    प्रहरी वरिष्ठउपरीक्षक लोकहादुर कार्की जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय हुनुपर्ने ।

–    प्रहरी वरिष्ठउपरीक्षक राजेन्द्रसिंह भण्डारी जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय हुनुपर्ने ।

–    प्रहरी वरिष्ठउपरीक्षक ज्ञानुराजा कुँवर जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय हुनुपर्ने ।

–    प्रहरी वरिष्ठउपरीक्षक प्रवल शम्शेर ज.व.रा. जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय हुनुपर्ने ।

    झापा जिल्लाको घटनाहरूका सम्बन्धमा :

–    प्रमुख सेनानी सरद ढकाल जनधनको क्षति, पदको दुरुपयोग र मानवअधिकार उल्लंघनमा दोषी देखिन आएकाले निजउपर राजन गिरी र सुरज विश्वासको मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने ।

–    प्रमुख सेनानी सुरेशकुमार कार्की पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिन आएकाले तत्काल प्रचलनमा रहेको सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय हुनुपर्ने । 

–    सेनानी किसनसिं भण्डारी मानव अधिकार उल्लंघनमा दोषी देखिन आएकोले निजलाई सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय हुनुपर्ने ।

–    उपसेनानी रवि के.सी. जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकार उल्लंघनमा दोषी पाइएकाले निजउपर राजन गिरी र सुरज विश्वासको मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्र्तगत अभियोजन हुनुपर्ने । 

–    प्रहरीउपरीक्षक केशरीराज घिमिरे पदको दुरुपयोग गरेको पाईएकाले निजउपर प्रहरी नियमावली, २०४९ को नियम ८४(ङ) बमोजिम सजाय हुनुपर्ने । 

–    प्रहरी नायवउपरीक्षक श्याम बस्नेत जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर प्रहरी नियमावली, २०४९ को नियम ८४ (घ) बमोजिम सजाय हुनुपर्ने ।

–    प्रहरी सहायक निरीक्षक विजयकुमार चौधरी जनधनको क्षति, मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४  (घ) बमोजिम सजाय हुनुपर्ने । 

–प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिवाकोटी जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९(क)(१) बमोजिम सजाय हुनुपर्ने ।

–    का.मु. प्रमुख जिल्ला अधिकारी बसन्तराज भट्टराई पदको दुरुपयोग र मानव अधिकारको उल्लंघन गरेको पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९(क)(१) बमोजिम सजाय हुनुपर्ने ।

    उदयपुर जिल्लाको घटनाहरूका सम्बन्धमा :

–    प्रहरी नायवउपरीक्षक माधवबहादुर बस्नेत जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय हुनुपर्ने । 

    सर्लाही जिल्लाको घटनाहरूका सम्बन्धमा :

–    प्रहरी निरीक्षक राजकुमार सिलवाल जनधनको क्षतिमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय हुनुपर्ने । 

    बारा जिल्लाको घटनाहरूका सम्बन्धमा :

–    उपसेनानी सुरेश काफ्ले जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर हिरालाल गौतमको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने ।

–    सशस्त्र प्रहरी निरीक्षक राजेश लामिछाने जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर हिरालाल गौतमको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने ।

–    जमदार गोर्कण कार्की जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर हिरालाल गौतमको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने । 

–    लेस नायक निवास शाही जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर हिरालाल गौतमको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने । 

–    सिपाही चन्द्रबहादुर राई जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर हिरालाल गौतमको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने । 

–    प्रमुख जिल्ला अधिकारी शान्तराज सुवेदी जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ (क)(१) बमोजिम सजाय हुनुपर्ने । 

    चितवन जिल्लाको घटनाहरूका सम्बन्धमा :

–    प्रहरी निरीक्षक सोमबहादुर थापा जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर तुल्सी क्षेत्रीको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने ।

–    प्रहरी सहायक निरीक्षक मोहम्मद रफिक जोलाहा जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर तुल्सी क्षेत्रीको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने ।

–    प्रहरी हवलदार खगराज पौडेल जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर तुल्सी क्षेत्रीको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने ।

–    प्रहरी जवान विकास कुमार सिंह जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर तुल्सी क्षेत्रीको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन  हुनुपर्ने । 

–    प्रहरीउपरीक्षक परशुराम खत्री जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(ङ) बमोजिम सजाय हुनुपर्ने ।

–    प्रहरी नायव निरीक्षक शिवनारायण सिंह जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय हुनुपर्ने ।

–निमित्त प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाईएकोले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९(क)(१) बमोजिम सजाय हुनुपर्ने । 

–    उपसेनानी रोशन कार्कीे जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकार उल्लंघनमा दोषी देखिन आएकाले निजलाई सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय हुनुपर्ने ।

    दोलखा जिल्लाको घटनाहरूका सम्बन्धमा :

–    प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरे पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकोले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ (क)(१) बमोजिम सजाय हुनुपर्ने ।  

–    प्रहरी निरीक्षक गोबिन्द झा पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय हुनुपर्ने । 

    काभ्रेपलाञ्चोक जिल्लाको घटनाहरूका सम्बन्धमा :

–    प्रहरी निरीक्षक रामप्रसाद घर्ती जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर शिवहरी कुँवरको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने । 

–    प्रमुख सेनानी सुर्दशन सिलवाल जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकार उल्लंघनमा दोषी देखिन आएकोले निजलाई सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय हुनुपर्ने । 

–    प्रहरी नायवउपरीक्षक संजयसिंह बस्नेत जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(ङ) बमोजिम सजाय हुनुपर्ने । 

–    प्रमुख जिल्ला अधिकारी शम्भु कोइराला जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ (क) (१) बमोजिम सजाय  हुनुपर्ने । 

    काठमाडौं जिल्लाको घटनाहरूका सम्बन्धमा :

–    प्रमुख जिल्ला अधिकारी सुशिल घिमिरे जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाईएकोले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ बमोजिम सजाय  हुनुपर्ने । 

–सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधवबहादुर थापा जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८७ बमोजिम सजाय हुनुपर्ने । 

–    सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्रकुमार भट्टचन जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८६ बमोजिम सजाय हुनुपर्ने । 

–सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दुर्ज कुमार राई जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर कलंकीमा प्रद्युम्न खड्का समेतको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने । 

–सशस्त्र प्रहरी उपरीक्षक अरविन्द धिताल जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८६ बमोजिम सजाय हुनुपर्ने । 

–सशस्त्र प्रहरी नायवउपरीक्षक बलराम पोखरेल जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८६ बमोजिम सजाय हुनुपर्ने । 

–सशस्त्र प्रहरी नायव उपरीक्षक रत्न पोखरेल जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर कलंकीमा प्रद्युम्न खड्का समेतको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने ।

–सशस्त्र प्रहरी नायव उपरीक्षक महेश श्रेष्ठ जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८६ बमोजिम सजाय हुनुपर्ने । 

–सशस्त्र प्रहरी उपरीक्षक रन्जन कोइराला जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८६ बमोजिम सजाय हुनुपर्ने । 

–सशस्त्र प्रहरी निरीक्षक दामोदर ढोडारी जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर कलंकीमा प्रद्युम्न खड्का समेतको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने । 

–सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द गिरी जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर कलंकीमा प्रद्युम्न खड्का समेतको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने । 

–सशस्त्र प्रहरी नायव निरीक्षक सुभाष खड्का जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर कलंकीमा प्रद्युम्न खड्का समेतको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने । 

–सशस्त्र प्रहरी हवलदार डिकवहादुर श्रेष्ठ जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर कलंकीमा प्रद्युम्न खड्का समेतको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने । 

–प्रहरी नायव उपरीक्षक मनोज न्यौपाने जनधनको क्षति र पदको दुरुपयोगमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय हुनुपर्ने । 

–प्रहरी नायव उपरीक्षक ठुृले राई जनधनको क्षति र पदको दुरुपयोगमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय हुनुपर्ने । 

–प्रहरी निरीक्षक रमेश गौतम जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(ङ) बमोजिम सजाय हुनुपर्ने ।

–प्रहरी निरीक्षक रमेश बस्नेत जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(ङ) बमोजिम सजाय हुनुपर्ने । 

–प्रहरी निरीक्षक दिप शम्सेर राणा जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय हुनुपर्ने । 

–प्रहरी निरीक्षक दिनेशकुमार आर्चाय जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय हुनुपर्ने । 

–प्रहरी निरीक्षक भुपेन्द्र खत्री जनधनको क्षतिमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय हुनुपर्ने । 

–प्रहरी निरीक्षक प्रताप गुरुङ्ग जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निज समेतकाउपर चाबहिल चुच्चेपाटीमा अनिल लामाको मृत्यु भएको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने । 

–प्रहरी निरीक्षक हर्कबहादुर थापा जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर त्रिपुरेश्वरमा चन्द्रबहादुर बयलकोटी समेतको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने । 

–प्रहरी निरीक्षक प्रदिप तामाङ्ग जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निज समेतकाउपर चुच्चेपाटीमा अनिल लामाको मृत्यु भएको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने । 

–प्रहरी नायव निरीक्षक टिकाराम राई जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ (क) बमोजिम सजाय हुनुपर्ने । 

–प्रहरी सहायक निरीक्षक नकुलबहादुर खत्री जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ (क) बमोजिम सजाय हुनुपर्ने ।

–प्रहरी जवान नारायण कार्की जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय हुनुपर्ने ।

–प्रहरी जवान दिनेश तामाङ्ग जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय हुनुपर्ने । 

–प्रहरी जवान शंकर पौडेल जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय हुनुपर्ने । 

    ललितपुर जिल्लाको घटनाहरूका सम्बन्धमा :

–    प्रहरी निरीक्षक कमलेशकुमार भट्ट जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ (ङ) बमोजिम सजाय हुनुपर्ने । 

–    प्रहरी निरीक्षक डम्वरकुमार तामाङ्ग जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४   (क) बमोजिम सजाय हुनुपर्ने ।

–प्रहरी नायव निरीक्षक गोविन्दबहादुर के.सी. जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ (ङ) बमोजिम सजाय हुनुपर्ने ।

    धादिङ्ग जिल्लाको घटनाहरूका सम्बन्धमा :

–    सेनानी नरेन्द्र चन्द पदको दुरुपयोग र मानव अधिकार उल्लंघनमा दोषी देखिन आएकाले निजलाई सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय हुनुपर्ने ।

    लमजुङ्ग जिल्लाको घटनाहरूका सम्बन्धमा :

–प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद मैनाली पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय हुनुपर्ने ।

–    प्रहरी निरीक्षक रविन्द्र खड्का पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय हुनुपर्ने ।

–प्रहरी निरीक्षक खड्गबहादुर खत्री पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४  (क) बमोजिम सजाय हुनुपर्ने ।


    कास्की जिल्लाको घटनाहरूका सम्बन्धमा :–

–    प्रमुख जिल्ला अधिकारी माधवप्रसाद रेग्मी जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ (क)(१) बमोजिम सजाय हुनुपर्ने ।

–    प्रहरी उपरीक्षक रविराज श्रेष्ठ जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(ङ) बमोजिम सजाय हुनुपर्ने ।

–    प्रहरी निरीक्षक नरेन्द्र चन्द जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ (ङ) बमोजिम सजाय हुनुपर्ने ।

–    प्यूठ रविराज बुढाथोकी क्षेत्री जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर मृतक भिमसेन दाहालको मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने । 

    पर्वत जिल्लाको घटनाहरूका सम्बन्धमा :–

–    प्रमुख जिल्ला अधिकारी हुमप्रसाद अधिकारी जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाईएकोले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९(क)(१) बमोजिम सजाय हुनुपर्ने । 

–    सशस्त्र प्रहरी उपरीक्षक चिरञ्जिवी कुँवर जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर मृतक गोविन्दनाथ शर्माको मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने । 

–प्रहरी नायव उपरीक्षक विष्णुहरि गौतम जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर मृतक गोविन्दनाथ शर्माको मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने ।

–प्रहरी निरीक्षक वेदराज खनाल जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ (ङ) बमोजिम सजाय हुनुपर्ने ।

–सशस्त्र प्रहरी नायव उपरीक्षक रामकुमार सिंह जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८६ बमोजिम सजाय हुनुपर्ने ।
 
    नवलपरासी जिल्लाको घटनाहरूका सम्बन्धमा :–

–    प्रमुख जिल्ला अधिकारी निरन्जन बराल जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ (क)(१) बमोजिम सजाय हुनुपर्ने ।

–प्रहरी उपरीक्षक रामकुमार खनाल जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ (ङ) बमोजिम सजाय हुनुपर्ने ।

–प्रहरी निरीक्षक केशवराज बस्नेत जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय हुनुपर्ने ।

–प्रहरी निरीक्षम दिपक अधिकारी जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय हुनुपर्ने ।

–प्रहरी निरीक्षक थमनबहादुर बस्नेत जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय हुनुपर्ने । 

–प्रहरी निरीक्षक सोभियतबहादुर गुरुङ्ग जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर विष्णु पाण्डेको मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने । 

–प्रहरी नायव निरीक्षक विकाशजंग राणा जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर विष्णु पाण्डेको मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने । 

–सशस्त्र प्रहरी नायव उपरीक्षक रामाधर यादव गैडाकोटमा भएको जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८६ बमोजिम सजाय हुनुपर्ने । 

    रुपन्देही जिल्लाको घटनाहरूका सम्बन्धमा :–

–प्रमुख जिल्ला अधिकारी गंगादत अवस्थी जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ (क)(१) बमोजिम सजाय हुनुपर्ने । 

–प्रहरी निरीक्षक रन्जितसिं राठौर जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(ङ) बमोजिम सजाय हुनुपर्ने ।

    अर्घाखाँची जिल्लाको घटनाहरूका सम्बन्धमा :–

–प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेल जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ (क)(१) बमोजिम सजाय हुनुपर्ने । 

–सेनानी रामचन्द्र के.सी. जनधनको क्षति पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिन आएकाले तत्काल प्रचलनमा रहेको सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय हुनुपर्ने ।

–प्रहरी नायव उपरीक्षक टेकबहादुर गुरुङ्ग जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ (घ) बमोजिम सजाय हुनुपर्ने ।

    दाङ्ग जिल्लाको घटनाहरूका सम्बन्धमा :–

–    प्रमुख सेनानी सागरबहादुर के.सी. जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिन आएकाले तत्काल प्रचलनमा रहेको सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय हुनुपर्ने ।

–    प्रमृुख जिल्ला अधिकारी प्रतापकुमार पाठक जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ (क)(१) बमोजिम सजाय हुनुपर्ने । 

–    सेनानी मुक्ति पाठक जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निज र निजको कमाण्डमा घटनास्थलमा रहेका युनिफाइड कमाण्डका सुरक्षाकर्मीहरूउपर उमेशचन्द्र थापाको मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने ।

    बाँके जिल्लाको घटनाहरूका सम्बन्धमा :–

–    प्रमुख जिल्ला अधिकारी विनोद अधिकारी जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ (क)(१) बमोजिम सजाय हुनुपर्ने । 

–    प्रहरी उपरीक्षक शिव लामिछाने जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४  (ङ) बमोजिम सजाय हुनुपर्ने ।

–    प्रहरी नायव उपरीक्षक बसन्त लामा जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निज समेतउपर सेतु वि.क.को मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धीअन्तर्गत अभियोजन हुनुपर्ने ।

–    प्रहरी निरीक्षक राजेन्द्रप्रसाद धमला जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर सेतु वि.क.को मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने । 

    दैलेख जिल्लाको घटनाहरूका सम्बन्धमा :–

–    प्रमुख सेनानी नयनराज दाहाल जनधनको क्षति पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिन आएकोले तत्काल प्रचलनमा रहेको सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय हुनुपर्ने । 

    बर्दिया जिल्लाको घटनाहरूका सम्बन्धमा :–

–    प्रमुख जिल्ला अधिकारी विमल ढकाल जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाईएकोले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९  (क)(१) बमोजिम सजाय हुनुपर्ने ।

–    प्रहरीउपरीक्षक घनानन्द भट्ट जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४   (ङ) बमोजिम सजाय हुनुपर्ने ।

–    उप सेनानी सुनिल खड्का जनधनको क्षति र पदको दुरुपयोगमा दोषी देखिन आएकोले तत्काल प्रचलनमा रहेको सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय हुनुपर्ने ।

–    प्रहरी निरीक्षक डम्वरबहादुर चन्द जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निज र जिल्ला प्रशासनमा घटनाका दिन ड्यूटीमा रहेका सेनाका सुरक्षाकर्मीहरू समेतउपर यामलाल लामिछानेको मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धीअन्तर्गत अभियोजन हुनुपर्ने ।

–    प्रहरी निरीक्षक चेतबहादुर थापा पदको दुरुपयोगमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय हुनुपर्ने ।

    कैलाली जिल्लाको घटनाहरूका सम्बन्धमा :–

–    प्रमुख जिल्ला अधिकारी रामप्रसाद शर्मा जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९(क)(१) बमोजिम सजाय हुनुपर्ने ।

–    प्रहरी उपरीक्षक रमेशशेखर वज्रार्चाय जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ (घ) बमोजिम सजाय हुनुपर्ने ।

–    प्रहरी नायव उपरीक्षक रोहवर बस्नेत जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय हुनुपर्ने ।

–    सेनानी उमेश कार्की जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिन आएकोले तत्काल प्रचलनमा रहेको सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय हुनुपर्ने ।

–    प्रमुख सेनानी निरज पौडेल जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिन आएकोले तत्काल प्रचलनमा रहेको सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय हुनुपर्ने ।

–    उपसेनानी अनिस रिजाल जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर होरीलाल राना थारुको मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन हुनुपर्ने ।

    डोटी जिल्लाको घटनाहरूका सम्बन्धमा :–

–    प्रहरी नायव उपरीक्षक बसन्त पन्त जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४   (ङ) बमोजिम सजाय हुनुपर्ने ।

    कञ्चनपुर जिल्लाको घटनाहरूका सम्बन्धमा :–

–प्रहरी निरीक्षक शारदाप्रसाद चौधरी जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय हुनुपर्ने ।

–    प्रहरी सहायक निरीक्षक नयनसिं कार्की जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय हुनुपर्ने ।

    डडेलधुरा जिल्लाको घटनाहरूका सम्बन्धमा :–

–    प्रहरी सहायक निरीक्षक लालसिंह रावल जनधनको क्षतिमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय हुनुपर्ने ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement