site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पार्टी एकताबारे ओली भन्छन्- किन फुटेको थियौँ भन्ने प्रश्न उठ्छ 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको विभाजन हानिकारक भएको बताएका छन् । सोमबार नेकपाको हीरक महोत्सवको अवसरमा गोदावरीको सनराइज हलमा आयोजित कार्यक्रममा उनले भने, “विभाजन हुनै हुँदैनथ्यो । अत्यन्त हानिकार भयो । विभाजनबाट फेरि उठेका छौं ।”

उनले अहिले नै पार्टी एकता नहुने बताए । अहिले सहकार्य गरेर अघि बढ्ने बताए । अहिले नै एकताको कुरा गर्दा किन फुटेको भन्ने प्रश्न उठ्ने ओलीको भनाइ छ । 

“अघि प्रचण्डजीले भनेजस्तै तत्काल पार्टी एकीकरण गरिहालौं । पार्टी एक भइहाल्छ । यो एउटा फेरि व्यक्तिगत आकांक्षा तुष्टिको विषय मात्रै हुन्छ,” उनले भने, “यसले आन्दोलनमा फेरि अर्को समस्या ल्याउँछ । अहिले सहकार्यको माध्यमबाट निकट हुँदै अघि बढ्छाैँ र क्रमशः एकताको बिन्दुमा पुग्न सक्छौँ । अहिले एकीकरण गरौँ, देशभरका मिलौँ भन्ने हो भने फुटेका किन थियौँ, के भएर फुटेका थियौँ भन्ने प्रश्न उठ्छ ।” 

वामपन्थी मात्रै मिलेर अघि बढ्ने अवस्था नरहेको उनले सुनाए । ओलीले एमाले एक ढिक्का रहेको दाबी गर्दै एकताबद्ध रहने जिकिर गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro