site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एफए कपको उपाधिका निम्ति युनाइटेड र सिटी भिड्ने 

काठमाडौं । कोभेन्ट्री सिटीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधिका निम्ति म्यानचेस्टर सिटीसँगको भेट पक्का गरेको छ । आइतबार राति भएको खेलमा ३–० को अग्रता जोगाउन नसके पनि युनाइटेडले पेनाल्टीमा नतिजा आफ्नो पक्षमा पारेको हो । 

वेम्बली रंगशालामा निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरीमा सकिएको थियो । त्यसपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।

Dabur Nepal
NIC Asia

पेनाल्टीमा युनाइटेडका डियागो डालोट, क्रिस्टियान एरिक्सन, ब्रुनो फर्नान्डेज र रास्मस होल्यान्डले गोल गरे । युनाइटेडबाट पहिलो प्रहारका निम्ति आएका कासिमिरोको प्रहार असफल भएको थियो ।

कोभेन्ट्रीका हाजी राइट र भिक्टर टोर्पले गोल गरे । क्यालम ओ’हर र बेन सएफको प्रहार सफल नहुँदा कोभेन्ट्रीले फाइनल पुग्ने अवसर गुमायो ।

त्यसअघि, ७० मिनेटसम्म युनाइटेडले ३–० को अग्रता बनाएको थियो । तर, त्यसलाई जोगाउन सकेन । स्कट म्याक टोमिनी, ह्यारी मग्वाएर र बु्रनो फर्नान्डेजले गोल गर्दा ७० मिनेटसम्म युनाइटेड ३–० ले अघि थियो ।

३० मिनेटमा तीन गोल गर्दै कोभेन्ट्री सिटी खेलमा फर्किएको थियो । कोभेन्ट्रीका लागि एलिस सिमन्स, क्यालम र हाजीले गोल गरेका हुन् ।

यसअघि, सिटीले शनिबार चेल्सीलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल आउँदो मे २५ मा हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro