site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा, पौने २४ करोड गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर
Sarbottam CementSarbottam Cement

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पौडेलले २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

पौडेलले पदीय मर्यादाविपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरू गरेको थियो । अनुसन्धान हुँदा पौडेल २०६१ जेठ २० गते राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरबारमा प्रशासकीय अधिकृतको पदमा करार सेवामा नियुक्त भई २०६२ माघ २८ गतेसम्म कार्यरत रहेको पाइएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, पौडेलले २०६५ असार १२ गते राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सिहदरबारमा नै कम्प्युटर इन्जिनियर पदमा करारमा नियुक्त भई २०७५ साउन २० गतेसम्म केन्द्रको विभिन्न पदमा करारमा कार्यरत रहेका थिए ।

उनी २०७५ साउन २१ गते केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्त भई २०७८ चैत २४ गतेसम्म सोही पदमा कार्यरत रहेका थिए । २०७८ चैत २५ मा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा पौडेल नियुक्त भएका थिए । 

Global Ime bank

उनी विभिन्न सरकारी पदमा रहेर काम गर्दाको आम्दानी, लगानी र प्राप्त ब्याजसमेत जोड्दा एक करोड १९ लाख २४ हजार ८४६ रुपैयाँ ४७ पैसा वैधानिक रूपमा आर्जन गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

तर, सोही समयमा उनको कुल खर्च तथा लगानी २४ करोड ९४ लाख ७१ हजार १७१ रुपैयाँ ४ पैसा देखिएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । अनुसन्धानमा २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ ५७ पैसा बराबरको खर्च तथा लगानीको वैधानिक स्रोत नखुलेकोले उक्त रकम उनले भ्रष्टाचार गरी आर्जन गरेको ठहर अख्तियारले गरेको छ । 

अख्तियारले दायर गरेको मुद्दामा पौडेलसँग २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ ५७ पैसा बिगो दाबी गरिएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगोअनुसार कैद र बिगोबमोजिम जरिबानाको सजाय पनि माग गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय