site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तीन बाइक र एउटा स्कुटरबाट थाल्यो सीजीले हिरोको बिक्री, कति छ मूल्य ?

काठमाडौं । हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरक एवम् व्यापारिक साझेदार सीजी मोटर्स बनेको छ । हिरो र सीजीले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै औपचारिकरूपमा आफ्नो साझेदारी घोषणा गरेका हुन् ।

सीजीले तीनवटा मोटरसाइकल र एउटा नयाँ स्कुटर सार्वजनिक गरी चारवटा उत्पादनको बिक्री सुरु गरेको छ ।

Dabur Nepal
NIC Asia

जसमा हिरो मोटोकर्पले नेपालमा सीजीमार्फत एक्सपल्स २०० ४भी, सुपर स्पिलेन्डर, स्पिलेन्डर प्लस गरी तीन माेटरसाइकल र जुम ११० स्कुटर छ ।

एक्सपल्स २०० ४भीको मूल्य चार लाख ५० हजार रुपैयाँ छ । सुपर स्पिलेन्डरको मूल्य दुई लाख ४० हजार रुपैयाँ रहेको छ  । स्पिलेन्डर प्लसको मूल्य दुई लाख ६ हजार ९०० छ ।

हिरोले नेपालमा नयाँ भित्र्याएको स्कुटर जुम ११० को मूल्य दुई लाख ५९ हजार ९०० रुपैयाँ रहेको  छ । यसै स्कुटरको सुरुवाती भेरियन्टको मूल्य दुई लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ ।

कम्पनीले यी चारवटै उत्पादन नेपालमै एसेम्बल हुने बताएको छ । नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फ्यासिलिटीमा स्थानीयरूपमै एसेम्बल गर्न लागिएको हो ।

प्लान्टको क्षमता प्रतिवर्ष ७५ हजार युनिट हुने र यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्ने कम्पनीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro