site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीजी बन्यो हिरोको व्यापारिक साझेदार, तीन महिनाभित्र १०० भन्दा बढी सोरुम खोल्दै
Tiktok banner adTiktok banner ad

काठमाडौं । हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरक एवम् व्यापारिक साझेदार सीजी मोटर्स बनेको छ । हिरो र सीजीले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै औपचारिकरूपमा साझेदारी घोषणा गरेका हुन् ।

हिरो मोटोकर्पले नेपालमा एसेम्बली प्लान्टको उद्घाटन गर्दै सीजीसँगको साझेदारीमा बजार विस्तारको योजनासमेत अघि सारेको छ ।

मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो मोटोकर्पले सीजीसँगको सहकार्यले नेपालमा आफ्नो प्रतिबद्धता अझै बलियो बन्ने बताएको छ ।

CG-Moto-(2)-1713697986.jpg
 

चार वटाबाट बिक्री सुरु

हिरो मोटोकर्पले नेपालमा सीजीमार्फत एक्सपल्स २०० ४भी, सुपर स्पिलेन्डर, स्पिलेन्डर प्लस गरी तीन माेटरसाइकल र जुम ११० स्कुटरको बिक्री थालेको छ । 

यी चारवटै उत्पादनलाई कम्पनीले नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फ्यसिलिटीमा स्थानीयरूपमै एसेम्बल गर्ने भएको छ ।

प्लान्टको क्षमता प्रतिवर्ष ७५ हजार युनिट हुने र यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्ने कम्पनीले जनाएको छ ।

सीजी मोटर्सले बढ्दो ग्राहक संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रूतरूपमा विस्तार गर्ने बताएको छ ।

आगामी तीन महिनाभित्र १०० भन्दा बढी सेल्स तथा सर्भिस आउटलेटहरू खोल्ने  कम्पनीको लक्ष्य छ ।

सीजी मोटर्सले काठमाडौंमा हिरोको प्रमुख तथा फ्ल्यागसिप सोरुम खोलिसकेको बताएको छ ।

सहकार्यबारे हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले नवीनता र प्रविधिलाई मूल मन्त्र मानेर विश्वभरका ग्राहकलाई विश्वस्तरीय उत्पादनहरू प्रदान गर्न प्रतिबद्ध रहेको बताए । नयाँ सहकार्यले हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण भएको उनको भनाइ छ । अत्याधुनिक एसेम्बली युनिटले अब विश्वस्तरीय उत्पादन नेपालमै बनाइने र देशभरका ग्राहकहरूका लागि सजिलै उपलब्ध हुने उनले बताए ।

CG-Moto-(4)-1713697983.jpg
 

“सेल्स र सर्भिस नेटवर्कको द्रूत विस्तारले हामीलाई हाम्रा विश्वस्तरीय उत्पादनहरू र सेवाहरूसँग बजार जोड्न सक्षम बनाउँछ । हाम्रो साझेदार सीजी मोटर्ससँगै नेपालमा हाम्रो नयाँ फोकसले नेपालप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्वित गर्दछ, जुन हाम्रो लागि निकै महत्त्वपूर्ण बजार हो ।"

उनले यसअघि हिरो एक नम्बर रहेको र अहिले खसकिए पनि निर्वाण चौधरीको नेतृत्वमा फेरि एक नम्बरमा जाने बताए । उनले एक वर्षभित्र विद्युतीय सवारी बजारमा ल्याउने पनि बताए ।

त्यस्तै, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी मोटर्सका लागि हिरो मोटोकर्पसँगको सहकाेय विशेष क्षण भएको बताए ।

"सीजी मोटर्सका लागि यो एकदमै विशेष क्षण हो । हामी हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौँ । हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्व स्तरीय दक्षता हाम्रो सञ्चालन विस्तार गर्नका लागि हामीलाई धेरै लाभदायक हुनेछ । अब हामी देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौँ,” उनले भने ।

CG-Moto-(5)-1713697985.jpg
 

उनले देशबाट युवाहरू बाहिरिरहेका बेला कम्पनीले आशा देखेको बताए । उनले हरेक मानिसभित्र एक हिरो हुने बताउँदै हिरोले नेपाली बजारमा अझै नयाँ उचाइ बनाउने बताए ।

चौधरीले हिरो मोटोरसाइकलको प्रविधि, मूल्य र बिक्रीपछिको सेवमा कुनै शंका गर्न नमिल्ने पनि बताए ।

"नयाँ एसेम्बली सुविधा नेपालको मध्यभागमा अवस्थित छ, जसले गर्दा उत्पादनहरू द्रूतरूपमा देशभर उपलब्ध हुने सुनिश्चितता प्रदान गर्नेछ । साथै, सेल्स तथा सर्भिस नेटवर्कको द्रूत विस्तारले सबै ग्राहक आवश्यकताहरू निर्वाधरूपमा सम्बोधन गरिएको सुनिश्चित गर्नेछ," उनले भने ।

सन् २०१४ मा नेपालमा प्रवेश गरेको हिरोले बर्सौंदेखि सुपर स्प्लेन्डर र एक्सपल्स २०० मोटरसाइकलहरूजस्ता सर्वाधिक रुचाइएका प्रतिष्ठित उत्पादनका साथ आफूलाई देशकै अग्रणी मोटरसाइकल ब्रान्डको रूपमा स्थापित गरेको छ ।

कम्पनीका लागि एसियामा नेपाल एक प्रमुख बजार हो । चौधरी ग्रुप (सीजी) नेपालको व्यापार परिदृश्यमा एक प्रमुख व्यावसायिक घराना हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro