site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीप्रति माधव नेपालको टिप्पणी– अरूलाई चुनौती दिने काम नगरौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीका नाममा हुने खेलकुद प्रतियोगिताप्रति आपत्ति जनाएका छन् ।

शनिबार पार्टीको कोसी प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले ओलीमा व्यक्तिवाद भएकाले आफ्नै नाममा प्रतिष्ठान खोल्ने, खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरे । बुर्जुवा पार्टीमा ज्युँदो नेताका नाममा प्रतिष्ठान खोल्ने, खेलकुद प्रतियोगिता गर्ने चलन नभए पनि ओलीको व्यक्तिवादी चरित्रकै कारण त्यो सम्भव भएको उनको भनाइ थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

“एउटा पार्टी छ, जसले आफ्नो नेताको नाममा प्रतिष्ठान खोलिदिएको छ । आफ्नै नेताको नाममा खेलकुद प्रतियोगिता गरिदिएको छ । ज्युँदै फेरि,” उनले भने, “पुष्पलालको नाममा भएको भए राम्रै हुन्थ्यो । मनमोहनजीको नाममा भएको भए गज्जबको राम्रो हुन्थ्यो । मदन भण्डारीको नाममा भएको भए क्याबातको कुरा हुन्थ्यो ।”

अध्यक्ष नेपालले २० वर्ष अझै पार्टीको नेतृत्व गर्छु भने पनि ओलीलाई चुनौती दिनेहरू जन्मिएको टिप्पणी गरे । देश र जनताको सेवा गरौँ भन्नुपर्नेमा ओलीले आफ्नो विकल्प नभएको भन्दै चुनौती दिँदै हिँडेको उनले बताए ।

Global Ime bank

“...यसलाई भन्छन्– व्यक्तिवाद । अनि, त्यही व्यक्तिवाद बोक्नेले के भन्छ भने– २० वर्षसम्म कसैले नेतृत्व ताक्छ त ? यस्तो भन्नु हुँदैन,” उनले भने ।

उनले ओलीप्रति संकेत गर्दै मिठो बोल्न, देश र जनताको हितमा काम गर्न आग्रह गरे । “...हामी सबै बाचुन्जेल देश र जनताको सेवा गरौँ है, लिएर जानु के छ र है भनेर भन्नु पो पर्‍यो त । चुनौती दिने होइन,” उनले भने, “होइन भने चुनौती दिने अरू पनि जन्मेका छन् । यो हेक्का होस् । समाजमा सम्बन्धहरू किन बिग्रन्छन् ? किनभने, व्यवहार गर्न नजानेर । अहंकार बोकेर । अरूको मानमर्दन गरेर । अनि, अरूलाई दाससरह व्यवहार गरेर ।”

अध्यक्ष नेपालले ओलीले अरूको मानमर्दन गर्ने गरेको गुनासो पनि गरे । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  २१:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement