site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अचानक सत्ताबाट बाहिरिनुपर्दा कांग्रेस आक्रोशित, क्षुब्ध र हतास : ओली (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक पार्टीहरूबीच सिद्धान्त, विचार र नीतिका आधारमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका छन् । यसप्रकारको प्रतिस्पर्धाले लोकतन्त्रलाई बलियो बनाउने उनले उल्लेख गरेका छन् ।

ललितपुरको गोदावरीमा शनिबारदेखि सुरु पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले लेखेका छन्, “...दलहरूबीच संगठनको बलमा र राम्रा काममा स्वस्थ प्रतिस्पर्धा हुने कुराले समाजमा लोकतान्त्रिक संस्कृतिलाई प्रवर्द्धन गर्छ ।”

अचानक सत्ताबाट बाहिरिनु पर्दा यति बेला नेपाली कांग्रेस आक्रोशित, क्षुब्ध र हतास देखिएको उनको ठहर छ । “...यही हतासाले उसलाई प्रतिशोधको राजनीतिमा पुर्‍याएको छ,” उनले लेखेका छन्, “फागुन २१ गतेबाट सुरु भएको नयाँ समीकरणलाई सफल हुन नदिन र भत्काउन उसले (कांग्रेस) हरसम्भव प्रयास गर्‍यो । त्यसका लागि उसले रास्वपा र अन्य कतिपय दलका नेताहरूलाई प्रधानमन्त्री पदको समेत प्रस्ताव गर्‍यो ।”

हतास मनस्थितिका साथ कांग्रेसले विरोध र सदनमा अवरोध गरिरहेको उनको आरोप छ । यसका पछाडि प्रतिशोधबाहेक कुनै तर्कसंगत आधार नभएको ओलीको जिकिर छ ।

सहकारी क्षेत्रमा गम्भीर समस्या देखिएको भन्दै उनले बचतकर्ताको अर्बौँ रुपैंयाँ रकम हिनामिना भएको उल्लेख गरेका छन् । यसको गम्भीर छानबिन र दोषीलाई कानुनी कारबाही गरिनुपर्नेमा एमाले स्पष्ट रहेको उनले जनाएका छन् ।

“तर, निश्चित व्यक्तिलाई निसाना बनाएर राजनीतिक प्रतिशोधको भावनाले अगाडि सारिएका र पुष्टि नभएका विषयमा प्रवेश गर्न सकिँदैन,” उनले लेखेका छन् ।

प्रतिवेदनको पूर्णपाठ पढ्नोस्–

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro