विदेश

कराँची । पाकिस्तानको कराँचीमा एक जापानी नागरिकको कारमाथि आत्मघाती आक्रमण भएको छ । सो घटनामा आक्रमणकारी मारिएको छ भने अन्य दुईजना घाइते भएका छन् ।
आक्रमण शुक्रबार बिहान भएको हो । प्रहरीका अनुसार जापानी नागरिक कारमा यात्रामा थिए । मिडियासँगको कुराकानीमा डीआईजी अजफर माहेसरले जनाएअनुसार आक्रमणकारीले जापानी नागरिकको कारको नजिकै आफैँलाई उडाइदिएको थियो ।
जापानी नागरिक केही पर भएकोले सुरक्षित रहन सकेका थिए । प्रहरीका अनुसार आक्रमण चिनियाँ नागरिकलाई लक्षित गरिएको अनुमान छ । बीबीसी
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१ १२:०९
प्रतिक्रिया दिनुहोस्