site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आक्रमणको मुख्य निसाना बनाइएको इरानको इशाफान सहर सुरक्षित रहेको दाबी
Sarbottam CementSarbottam Cement

तेहरान । इजरायलको आक्रमणको मुख्य निसाना बनाइएको भनिएको इरानी सहर इशाफान सुरक्षित रहेको त्यहाँको राष्ट्रिय टीभीले जनाएको छ । सो टीभीले इशाफानको एउटा भवनबाट आफ्नो रिपोर्टरले रिपोर्टिङ गर्दै गरेको समाचार प्रसारण गरेको छ ।

“सहर सुरक्षित छ । मानिस आफ्नो सामान्य जनजीवनमा रहेका छन्,” समाचारमा उल्लेख छ, “केही घण्टाअघि आकाशमा आवाज सुनिए पनि त्यति बेला थुप्रै मिनि ड्रोन आकाशमा देखिएका थिए र ती लक्षित गरिए ।”

Prabhu Bank
Agni Group
NIC Asia

यद्यपि, अहिलेसम्म सो प्रान्तका अधिकारीहरूले आधिकारिक रूपमा कुनै जानकारी नदिएको जनाइएको छ । केही सञ्चारमाध्यममा इशाफानको आणविक साइटलाई टार्गेट गरिएको उल्लेख छ ।

तर, अनुसन्धानका क्रममा ती समाचार गलत भएको पाइएको र कुनै पनि स्थानमा टार्गेट गरेको नपाइएको राष्ट्रिय टीभीले जनाएको छ । बीबीसीबाट ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC