site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
तीन ड्रोन ध्वस्त पारिएको इरानको दाबी, तेल र सुनको मूल्य एक्कासि बढ्यो
तस्बिर : रोयटर्स ।
Sarbottam CementSarbottam Cement

तेहरान । इजरायलले शुक्रबार बिहान गरेको मिसाइल आक्रमणमा इरानस्थित इशाफानको आकाशमा तीन ड्रोन देखिएको र देशको प्रतिरक्षा प्रणालीले ध्वस्त बनाएको इरानको स्टेट टीभीले जनाएको छ ।

यस्तै, इरानको अर्धसरकारी समाचार एजेन्सी फार्सले इशाफान अन्तर्राष्ट्रिय विमानस्थलनजिक विस्फोटको आवाज सुनिएको जनाएको छ । इशाफान प्रान्त ठूलो एयरबेस भएको क्षेत्र हो । त्यहाँ ठूला मिसाइल कम्प्लेक्स र केही आणविक साइट पनि छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

इरानका विदेशमन्त्री होसेन अमीर अब्दुल्लाहले सीएनएनसँगको एक अन्तर्वार्तामा इजरायलले कुनै सैनिक गतिविधि गरेमा यसको प्रतिक्रिया तत्काल र व्यापक रूपमा पाउने चेतावनी शुक्रबार दिएलगत्तै इरानमा विस्फोटका घटना सुनिएको जनाइएको छ । 

अमेरिकी अधिकारीहरूले इजरायलद्वारा इरानमाथि हमला भएको जानकारी सार्वजनिक गर्नासाथै विश्वमा तेल र सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार बिहान एसियामा क्रुड तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । जसानुसार प्रतिब्यारेलमा ९० डलरसम्म वृद्धि भएको छ ।

Global Ime bank

सुनको मूल्य अहिलेसम्मकै उच्च अर्थात् प्रतिऔँस दुई हजार ४०० डलर पुगेको छ ।

सेयर बजारमा भने विश्वव्यापी रूपमा गिरावट आएको छ । जापान, हङकङ र दक्षिण कोरियाको स्टक एक्सचेन्जको बेन्चमार्कमा गिरावट आएको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय