site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आशिषले तोडे ३६ वर्षअघिको कीर्तिमान
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आशिष महरले १४औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत छात्र ट्रिपल जम्पमा ३६ वर्ष अगाडिको राष्ट्रिय कीर्तिमान तोडेका छन् ।

उनले १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण जितेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औँ संस्करणमा अन्तिम दिन बिहीवार एथलेटिक्समा तीन वटा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न एथलेटिक्समा कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । बिहीबार सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपलजम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गरी स्वर्ण जिते । आशिषले २०४४ सालमा धनवीर चौधरीले बनाएको १४.०६ मिटरको कीर्तिमान तोडेका हुन् । 

प्रतियोयगितास्थलमै रहेका धनवीरले आशिषलाई प्रोत्साहन स्वरुप नगद पनि प्रदान गरेका थिए । वाग्मती प्रदेशका विशाल गुरुङ दोश्रो तथा लुम्बिनी प्रदेशका विजय थारु तेश्रो भए । सो स्पर्धाको छात्रामा लुम्बिनीकी अनिशा थारु पहिलो भइन् । अनिशाले १०.५७ मिटर जम्प गरिन् । सुदूरपश्चिमकी रेनुका ऐर दोश्रो तथा वाग्मतीकी अपेक्षा महतो तेश्रो भए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC