काठमाडौं । डिशहोम फाइबरनेटले यसको ग्राउन्डब्रेकिंग ‘क्याच द बिग’ अफर सुरु गरेको छ । यस अफरमा ग्राहकहरूले उत्कृष्ट सेवासहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सकिने कम्पनीले जनाएको छ ।
१०० एमबीपीएस इन्टरनेट प्याकेज सात हजार ५२२ रुपैयाँमा ग्राहकहरूले १२ महिनाको लागि प्राप्त गर्न सक्छन् । जबकी २०० एमबीपीएस प्याकेजको मूल्य मात्र सात हजार ७८८ रुपैयाा उही अवधिको लागि रहेको छ ।
अझ छिटो गति खोज्नेहरूले मात्र ९ हजार ९१२ मा १२ महिनाकै लागि ३०० एमबीपीएस प्याकेज रोज्न सक्छन् । यति मात्र नभएर डिशहोम फाइबरनेटले प्रत्येक प्याकेजको साथ निःशुल्क फाइभ–जी राउटर पनि प्रदान गर्न लागेको कम्पनीले जनाएको छ । यो अफरको घोषणा नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको उद्घाटन खेलसँगै कम्पनीले गरेको हो ।