site stats
बाह्रखरी :: Baahrakhari
कला
कलाकार संघले ‘तेस्रो फान अवार्ड’ गर्दै

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले ‘तेस्रो फान अवार्ड’को आयोजना गर्ने भएको छ । यसका लागि संघले तयारी गरिरहेको जनाएको छ । 

कलाकार संघले वि.सं २०७२ र २०७४ मा अवार्डको आयोजना गरेको थियो । यसपछि, कोभिड–१९ का कारण अवार्डलाई निरन्तरता दिन सकेको थिएन । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कलाकार संघले वि.सं २०७९ र २०८० मा रिलिज भएका चलचित्रलाई यो वर्ष अवार्ड दिनेछ । दुई वर्षको छुट्टाछुट्टै अवार्ड दिइने संघले जनाएको छ । 

अवार्डमा सहभागिताका लागि केही दिनमै आवेदन फारम खोल्ने संघको तयारी छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्