site stats
बाह्रखरी :: Baahrakhari
कला
रामबाबुलाई प्रश्न– नाम बिर्सिने हो भने तपाईंको कुन चलचित्र हेर्दै छु भन्ने थाहै हुँदैन भन्ने आरोप छ नि ?

काठमाडौं । निर्देशक रामबाबु गुरुङ आफ्ना चलचित्र करिब–करिब उस्तै–उस्तै हुने गरेको स्वीकार गर्छन् । यसलाई आफू स्वयंले पनि महसुस गरिरहेको उनी बताउँछन् । 

कुनै पनि निर्देशकका लागि भने यो आफैँमा सवल पक्ष भएको उनको भनाइ छ । “यो प्रतिक्रिया मैले पनि पाएको छु । तर, मैले कथा, पात्र, परिवेश केही न केही त फरक गर्न खोजिरहेकै हुन्छु,” रामबाबु बाह्रखरीसँग भन्छन्, “यस्तो प्रतिक्रियाले मलाई खुसी पनि लाग्छ, किनभने काम मेरोजस्तो देखिनु भनेको त्यही नै मेरो परिचय हो । पहिचान हो ।” 

हरेक निर्देशका सिनेमामा आ–आफ्नै फ्लेवर आउनुपर्ने उनको धारणा छ । उनी अगाडि थप्छन्, “मेरो आफ्नो काम मेरैजस्तो हुनुपर्छ, अरूको भन्दा छुट्टै हुनुपर्छ । त्यही नै मेरो परिचय हो ।” 

रामबाबुलाई उनको सफल सिनेमा ‘कबड्डी’कै फ्लेबर अन्य सिनेमामा पनि आउने गरेको आरोप लाग्ने गरेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu