site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनएमबि बैंकको ११औँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
Tiktok banner adTiktok banner ad

काठमाडौं । एनएमबि बैंकले ११औँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बल्खु शाखाबाट सुरु गरी कीर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा गरी ११औँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो ।

एनएमबि बैंकले ‘हाम्रा सम्पदा हुन् खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय’ भन्ने मूल नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।

बैंकले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा, एनएमबि बैंकका अध्यक्ष मनोजकुमार गोयल, सञ्चालक जीवनकुमार कट्वाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरिषकुमार मुरारका, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, कीर्तिपुर महानगरपालिका प्रतिनिधिहरू, बैंकका कर्मचारीलगायत सर्वसाधारणहरू गरी लगभग ७५० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा वाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यको उपस्तिति थियो । उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाइटीलाई पाँच लाख रुपैयाँको सहयोगसहित कीर्तिपुर महानगरपालिकालाई डस्टविनहरू समेत हस्तान्तरण गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro