site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुशल अभिनेता पनि थिए प्रकट

आउँदै त छैन आँधी प्रकट छ सन्नाटामा
लक्ष्मण रेखालाई नाघी प्रकट छ सन्नाटामा । (बाह्रखरी २०७७/६/३) 

यस्ता हजारौँ शेर लेख्ने प्रसिद्ध कवि तथा गजलकार प्रकट पगेनी शिवले आफ्ना सैयौँ कालजयी सिर्जना पाठकको जिम्मा लगाउँदै यो धरा छाडेका छन् । सोमबार सामान्य ज्वरोका कारण अस्पताल भर्ना भएका प्रेमिल गजलका यी धरोहर प्रकट हठात अलप भए, सारा सिर्जनकर्मी, साथीभाइ तथा लाखौँ पाठकलाई झुक्याएर ।

फोक्सोमा संक्रमण भएका कारण अस्पताल भर्ना भएका उनको मंगलबार साढे ३ बजे पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा देहावसान भएको कवि तीर्थ श्रेष्ठले जानकारी दिए । व्यवहारमा सरल र सहज प्रकट पगेनी शिवलाई हठात् निमोनिया देखेपछि भेन्टिलेटरमा राखिएको थियो । तर प्रेमिल काव्यधाराका यी मूर्धन्य व्यक्तित्वलाई त्यो मेसिन पनि फिर्ता ल्याउनमा असमर्थ रह्यो ।    

६७ वर्षका गजलकार पकट पगेनी शिव कविता, गीत, मुक्तक र गजल सिर्जनाका क्षेत्रमा प्रसिद्ध थिए । पछिल्लो समय विशेषतः श्रृङ्गारिक गजल लेखन तथा वाचनमा प्रकट पगेनी शिवको बेग्लै उचाइ थियो । गजलमा प्रेमिल प्रसंग आउँदा प्रकट पगेनीको नाम प्रायःले उच्चारण गरेकै हुन्थे ।
 
साहित्यकार अशेष मल्लले कविता र मुक्तक लेखनमा प्रकट पगेनीको पकड बेजोड रहेको बताए । मल्लले भने, “मुक्तक र कवितामा प्रकटको पकड बेजोड थियो ।” 

कविता, गीत, मुक्तकमा प्राण भर्ने प्रकट पगेनी शिव पछिल्लो समय गजलका क्षेत्रमा सक्रिय भए । उनको संगत युवा पुस्ताका साहित्यकारहरूसँग विशेष रूपमा रह्यो । उनी नेपाली साहित्यमा केही पृथक गर्न चाहन्थे । त्यसैले उनी हरेकसँग उत्तिक्कै नम्र र निकट रहन्थे । 

२०३७/३८ सालदेखि प्रकटसँग संगतमा रहेका प्रसिद्ध कवि तथा गीतकार दिनेश अधिकारीले उनी एक कवि मात्रै नभएर कुशल अभिनेता पनि भएको बताए । गीतकार अधिकारीका अनुसार काठमाडौंको नाचघरमै पनि साहित्यकार सरुभक्तको नाटकमा प्रकटले गरेको अभिनय उनले हेरेका छन् ।
 
दिनेश अधिकारी भन्छन्, “प्रकट कुशल अभिनेता पनि हुन् । हामीले स्टेजमा सानोतिनो भूमिका निर्वाह गर्यौँ होला । तर प्रकटले मूख्य पात्र भएर अभिनय गरेको नाटक मैले आफैँले हेरेको छु ।” 

प्रख्यात श्रृङ्गारिक गजलकारका रूपमा प्रकट भएका प्रकट पगेनी शिवले ५० को दसकदेखि गजल लेख्न थालेको अनुमान गर्छन् कवि अधिकारी । पछिल्लो समय नेपाली गजलमा उनले पाएको व्यापकताले गजलको दुनियामा उनी छाएको अधिकारीको भनाइ छ । 
 
साहित्य, संगीत र रंगकर्ममा छपक्कै भिजेका प्रकटको व्यवहार सरल र सहज रहेको उनको संगतमा रहेका साहित्यकर्मीहरू बताउँछन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ११:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro