site stats
बाह्रखरी :: Baahrakhari
विदेश
तानाशाह मुसोलिनीको बंकर खुला

रोम । दोस्रो विश्वयुद्धका तानाशाह इटालीका बेनितो मुसोलिनीको बंकर अहिले खुला गरिएको छ । 

रोममा सन् १९२९ देखि  भिल्ला टोर्नोलियामा रहेको आफ्नो निवासमा उनले बंकर निर्माण गराएका थिए । इटाली जुन १९४०मा दोस्रो विश्व युद्धमा प्रवेश गरेलगत्तै उनले बंकर बनाउने तयारी गरेका हुन्  । 

पानी छेक्ने ढोका, फाइनल भेन्टिलेसन सिस्टम र शौचालयलगायतका कुराहरु त्यसमा बनाइ नसक्दै मुसोलिनी २५ जुलाई १९४५मा पक्राउ परेका थिए ।

मुसोलिनीले आफू र आफ्नो परिवारलाई जोगाउनका लागि तीनतले बंकर बनाउन लगाएको सीएनएनमा प्रकाशित समाचारमा उल्लेख छ । सो बंकर सन् २००६ मा पहिलोपटक सर्वसाधारणका लागि खोलिएकोमा फेरि २ वर्षपछि बन्द गरिएको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu