site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

धनकुटा । पर्यटन प्रवर्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा भोलिदेखि पाँचदिने तेस्रो खाना महोत्सव (फुड फेस्टिभल) हुने भएको छ ।

धनकुटा नगरपालिका–१ हिलेमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था हिले पर्यटन प्रवर्धन तथा पूर्वाधार विकास संस्था र होटल एसोसिएसन धनकुटाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

‘रैथाने कला संस्कृति परिकारको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्धन’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा स्थानीय अर्गानिक मौलिक खानाको परिकार आकर्षणको रूपमा रहने संस्थाका अध्यक्ष खगेन्द्र विष्टले बताए ।

“आर्थिक मन्दिका समयमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल गराएर आर्थिक गतिविधिलाई चलायमान गराउन महोत्सव गर्न लागिएको हो,” विष्टले भने ।

Global Ime bank

महोत्सवमा कोदो, फापर र मकैको ढिँडो, कोदो र फापरको रोटी, गुन्द्रुकको अचार, सेलरोटी, कोदोको छ्याङ, हिलेको तोङ्गबा, सुकुटीलगायत स्थानीयस्तरमा पाइने मौलिक परिकारको स्टल रहनेछन् ।

महोत्सवमा आउने पाहुनाका लागि हिले आसपासका पर्यटकीयस्थल समेटेर चार हजार ६०० बराबरको भ्रमणको प्याकेज मिलाइएको वडा नम्बर १ का वडाध्यक्ष वङ्दा तामाङले जानकारी दिए ।

महोत्सवमा ३० हजार पर्यटक भित्र्याएर एक करोड २५ लाख बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य आयोजकको छ । पाँच दिन सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति र विभिन्न जातजातिको मौलिक संस्कृति प्रस्तुत गरिने आयोजकले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  २०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement