site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली आक्रमणपछि इरानद्वारा आणविक केन्द्र बन्द

संयुक्त राष्ट्रसंघ । इरानले सप्ताहन्त्तमा इजरायलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’ आफ्नो आणविक केन्द्रहरू अस्थायीरूपमा बन्द गरेको संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्थाका प्रमुखले सोमबार बताएका छन् । 

राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकका क्रममा पत्रकारहरूहरूले अन्तर्राष्ट्रिय आणविक ऊर्जा ऐन्सी (आइएइए)का प्रमुख राफेल ग्रोसीलाई आक्रमणको प्रतिशोधमा इरानी आणविक केन्द्रहरूमा इजरायली आक्रमणको सम्भावनाप्रति चिन्तित हुनुहुन्छ भनी प्रश्न गरेका थिए । 

“हामी सधैँ यसको सम्भावनाको बारेमा चिन्तित छौँ, म के भन्न सक्छु भने इरानमा आणविक केन्द्रहरूको निरीक्षण गरिरहेका हाम्रा निरीक्षकहरूलाई इरान सरकारले हिजो आइतबार सुरक्षाका कारण सबै आणविक केन्द्र बन्द रहनेछ भनेर जानकारी गराएको छ,” उनले भने । 

Dabur Nepal
NIC Asia

उनका अनुसार सोमबार आणविक केन्द्रहरू पुनः खुल्नुपर्ने थियो तर निरीक्षकहरू अर्को दिनसम्म फर्कने छैनन् । ‘अत्यधिक संयमता’ अपनाउन आग्रह गर्दै उनले भने, “स्थिति पूर्ण शान्त नभएसम्म मैले निरीक्षकहरूलाई फर्कन नदिने निर्णय गरेँ ।”

दमास्कसमा आफ्नो वाणिज्य दूतावासको भवनमा भएको हवाई आक्रमणको जवाफमा इरानले आइतबार राति इजरायलमाथि तीन सयभन्दा धेरै ड्रोन र मिसाइल प्रहार गरेको थियो । दमास्कसमा भएको इजरायली आक्रमणमा इरानका दुई जनरलसहित रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए । 

इजरायल र उसका सहयोगीहरूले इरानका अधिकांश हतियारलाई खसाएको थियो र इरानी आक्रमणमा सामान्य क्षति भएको थियो तर सम्भावित इजरायली प्रतिशोधका बारेको चिन्ताहरूले पुनः क्षेत्रीय युद्धको डर उत्पन्न गरेको छ । इजरायलले पहिला पनि यस क्षेत्रमा आणविक स्थलहरूविरुद्ध कारबाही गरिसकेको छ । 

सन् १९८१ मा वासिंटनले विरोध गरे पनि इजरायलले सद्दाम हुसेनको इराकमा ओसिरिक आणविक रिएक्टरमा बम हमला गरेको थियो । साथै उसले सन् २०१८ मा ११ वर्षअघि सिरियामा एउटा रिएक्टरविरुद्ध उच्चस्तरको गोप्य हवाई हमला सुरु गरेको स्वीकार गरेको थियो ।  

तेहरानले इजरायलमाथि सन् २०१० मा दुई इरानी आणविक भौतिकविद्को हत्या गरेको र गत वर्ष एउटा अर्को अपहरण गरेको आरोप लगाएको छ । यसका साथै सन् २०१० मा स्टक्सनेट भाइरसको प्रयोगमार्फत परिस्कृत साइबर हमलाका कारण युरेनियम संवर्धनका लागि प्रयोग गरिने इरानी सेन्ट्रिफ्युजमा शृंखलाबद्ध तरिकाले खराबी आएको थियो । तेहरानले यसका लागि इजरायल र संयुक्त राज्य अमेरिकालाई दोष दिएको थियो । 

इजरायलले इरानमाथि आणविक बम हासिल गर्न चाहेको आरोप लगाएको छ । इरानले उक्त आरोपलाई अस्वीकार गरेको छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro