site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भद्रपुर–इलाम–सलकपुर सडक कालोपत्रे गरिँदै
प्रतीकात्मक तस्बिर ।

झापा । भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक  कालोपत्रे भइरहेको छ । उक्त सडकखण्डअन्तर्गत पाँच किलोमिटर कालोपत्रे भइसकेको छ । 

झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द चौधरीका अनुसार हालसम्म सडकको भौतिक प्रगति ४० प्रतिशत भएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको मूल्य  अभिवृद्धि कर (भ्याट) सहित २६ करोड ६९ लाख ३३ हजार ८२८ मा निर्माण कम्पनी कनकाई मोती जेभीले ठेक्का सकारेको हो । 

इन्जिनियर चौधरीले भद्रपुर–फडानी पुलबाट इँटाभट्टासम्मको १० किलोमिटर सडक निर्माणमा कुनै समस्या नभएको बताए । दुई महिनाभित्रमा सडक निर्माण पूरा हुनेमा आफू विश्वस्त रहेको उनले बताए । इँटाभट्टा बजारबाट उत्तरतर्फको १० किलोमिटर खण्डमा स्थानीयको अवरोधका कारण ढिलो भएको बताए । रासस

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro