site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
होन्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न 

काठमाडौं । होन्डाको होन्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न भएको छ । कम्पनीले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरूको सीप तथा दक्षता अभिवृद्धि गर्ने र बिक्री पछिको सर्भिसको सेवा उत्कृष्ट बनाउने उद्देश्यले यो कन्टेस्ट आयोजना गरेको बताएको छ । 

कम्पनीका अनुसार कन्टेस्टमा एस.टी.सी वर्कशप टेकुका प्रलाद दाहालले प्रथम स्थानसहित पुरस्कार प्राप्त गरेका छन् । 
यस्तै, ओम सत्य साही अटो सिटी इटहरीका गजेन्द्र बुढाथोकी द्वितीय र एस.टी.सी वर्कशप कोहलपुरका सन्तोष अर्जेलले तृतीय पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार नगद पुरस्कारकासाथै सबै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको कम्पनीले बताएको छ ।  नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष प्रदीप घिमिरे तथा स्याकार ट्रेडिङका विभिन्न डिभिजन प्रमुखहरूको उपस्थितिमा चैत २८ गते होन्डाको ट्रेनिङ सेन्टर ग्वार्को ललितपुरमा कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीका अनुसार प्रतियोगिता अवधिभर होन्डा जापानले उपलब्ध गराएको मार्गनिर्देशन अनुसार टेक्निसियनहरू होन्डा स्टयान्डर्ड प्रोसिडुअरअन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए ।

नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीअन्तर्गत सर्भिस डिभिजनले विभिन्न पाँच वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्र बाट दुई÷दुईजना छनोट गरी राष्ट्रिय  स्तरको प्रतियोगिता सञ्चालन गरेको हो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro