site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हङकङविरुद्धको सहज जितसँगै नेपाल सेमिफाइनलमा  

काठमाडौं । एसीसी प्रिमियर लिगमा नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध आठ विकेटको सहज जित निकालेसँगै नेपालले अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा निश्चित गरेको हो ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर आसिफ शेखले ४० रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका आसिफले १८ बलमा समान तीन चौका र तीन छक्का प्रहार गरे । अर्का ओनपर कुशल भुर्तेलले १९ बलमा तीन चौका र दुई छक्कासहित ३२ रन थपे । यी दुईले पहिलो विकेटका लागि ५.३ ओभरमा ७० रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुआत दिलाएका थिए ।

Dabur Nepal
NIC Asia

यस्तै, जितसम्म अविजित रहेका कप्तान रोहितकुमार पौडेलले २५ र सन्दीप जोराले १९ रन जोडे ।

हङकङका एसान खान र यासिम मुर्तजाले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको हङकङले १७.५ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनाएको थियो । वर्षाका कारण खेल करिब एक घण्टा ढिलो सुरु भएपछि निर्धारित २० बाट १८ ओभरमा घटाइएको थियो ।

हङकङका अंशुमन रथले ३४ रन बनाए । जिसान अलीले १४ रन थप्दा कप्तान निजाकत खानले १२ र एसान खानले ११ रन जोडे ।

नेपालका अभिनाश बोहराले तीन विकेट लिए । चार ओभर बलिङ गरेका बोहराले २९ रन खर्चिए । ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई र करण केसीले एक विकेट हात पारे ।

लगातार तेस्रो जित निकालेको नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट दुई अंकको हङकङ चौथो स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro