site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इरानविरुद्ध इजरायलको जवाफी आक्रमणलाई अमेरिकाले समर्थन नगर्ने
तस्बिर : रोयटर्स ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । इरानविरुद्ध इजरायलले जवाफी हमला थाले अमेरिकाले समर्थन नगर्ने भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले यो जानकारी दिएका बीबीसीले उल्लेख गरेको छ ।

गएको शनिबार साँझ इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरेको थियो । इरानले अप्रिल १ मा सिरियास्थित आफ्नो वाणिज्य दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफमा यो हमला गरिएको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

इरानले प्रहार गरेका लगभग सबै ड्रोन र मिसाइललाई इजरायलका सहयोगी अमेरिका र बेलायतले ‘लक्ष्य’मा पुग्नुअघि नै खसालेका थिए ।

अमेरिकी अधिकारीका अनुसार, यो हमलापछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले यसको प्रतिक्रियामा संयमता अपनाउनुपर्ने बताएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार, बाइडेनले नेतान्याहूलाई ‘धेरै सावधानीपूर्वक र रणनीतिक रूपमा सोच्न’ भनेका छन् ।

Global Ime bank

इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष आक्रमण हो । इजरायलमा आक्रमण गर्दा इरानले प्रहार गरेका करिब ८० ड्रोन र कम्तीमा ६ ब्यालेस्टिक मिसाइल खसालेको अमेरिकाले दाबी गरेको बीबीसीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement