site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरीको पनि दाबी

काठमाडौं । सुदूरपरिश्चम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)कै कैलाश चौधरीले पनि दाबी प्रस्तुत गरेका छन् । उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को समर्थनमा दाबी पेस गरेका हुन् ।

यसअघि नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)सहितको समर्थनमा नाउपाकै लक्ष्मणकिशोर चौधरीले दाबी प्रस्तुत गरेका छन् । रेशम चौधरीको पक्षमा रहेका सांसद लक्ष्मणकिशोरले ३० सांसदको हस्ताक्षर बुझाएका छन् ।

Dabur Nepal
NIC Asia

नागरिक उन्मुक्तिका ६, नेकपा (माओवादी केन्द्र)का ११ र नेकपा (एमाले)का १० सांसद छन् ।

नागरिक उन्मुक्तिले एक सांसदलाई बर्खास्त गरेको र कांग्रेसका एक सांसदको मृत्यु भएपछि पद रिक्त रहेकाले सुदूरपश्चिम प्रदेशभामा तत्काल कायम रहेको संख्या ५१ छ । जसको बुहमतका लागि २६ सदस्य आवश्यक पर्छ । नागरिक उन्मुक्तिका सांसदले एकमुस्ट कैलाशलाई समर्थन गरेमा उनका लागि आवश्यक बहुमत पुग्न सक्छ । 

तर, नागरिक उन्मुक्तिकै अर्का सांसद लक्ष्मणकिशोरको दाबी परेकाले नागरिक उन्मुक्तिका सांसदहरू एक ठाउँ उभिने अवस्था छैन । यस्तो अवस्थामा बहुमतका लागि प्रदेश प्रमुखले सनाखतका लागि बोलाउन सक्छन् । नागरिक उन्मुक्तिका सांसदहरू एकमुस्ट उपस्थित नभए सरकार गठनको प्रक्रिया अन्योलमा पर्नेछ ।

उता लक्ष्मणकिशोरका पक्षमा भने कांग्रेसका १८, नेकपा (एकीकृत समाजवादी)का चार र राप्रपाका एक सांसदको हस्ताक्षर छ । त्यसमा नाउपाकाका तीन सांसद अडिग रहे पनि बहुमत पुग्छ ।

तर, सरकार बनाउन सहज भए पनि दलीय ह्विपका कारण उनको सरकार पनि सुरक्षित नहुन सक्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro